काठमाडौं । अमेरिकाको न्यूयोर्कस्थित ‘बफेलो सुपरमार्केट’मा एक किशोरले अन्धाधुन्ध गोली चलाउँदा १० जनाको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन् ।

आक्रमणपछि किशोरले आत्मसमर्पण गरेका थिए ।

समाचार एजेन्सी पीटीआईका अनुसार, प्रहरी अधिकारीहरूले १८ वर्षीय युवकले सैनिक जस्तै देखिने पोशाक र कवच लगाएको बताएका छन् ।

आक्रमणकारी किशोरले हेलमेट लगाएका थिए, जसमा फिक्स क्यामेरा थियो र आक्रमणको लाइभ स्ट्रिमिङ भइरहेको थियो ।

शहरका प्रहरी आयुक्त जोसेफ ग्रामाग्लियाले भने, ‘किशोरले पसल बाहिर चार जनालाई गोली हानेको छ ।’ उनले पसलमा प्रवेश गरेपछि किशोरलाई गार्डले गोली हाने तर बुलेट प्रुफ ज्याकेट लगाएकाले काम नभएको बताए ।

त्यसपछि बन्दुकधारी किशोरले गार्डको पनि हत्या गरेका हुन् । आक्रमणमा परेका ११ जना काला र दुईजना गोरा जातका मान्छेहरु रहेको प्रहरीले जनाएको छ ।

यसमा नेपाली नपरेको नेपाली समाजले पुष्टि गरेको छ । प्रहरीले यसलाई जातीय उत्प्रेरित हिंसात्मक अतिवादी आक्रमणको रूपमा अनुसन्धान गरिरहेको छ ।

सम्बन्धित खबरहरु