काठमाडौं । बलिउडका खेलाडी कुमार अर्थात अक्षय कुमारलाई कोरोना संक्रमण भएको छ ।

उनी दुनियाँको मनमा बसेका अभिनेता हुन् । उनले ट्विट गर्दै यो जानकारी दिएका हुन् ।

जसकारण उनले अब कान्स फिल्म फेस्टिभलमा सहभागी हुन नपाउने भएका छन् । यस वर्ष कान्स फिल्म फेस्टिभलमा भारतलाई सम्मानित देशको रूपमा निमन्त्रणा गरिएको छ ।

त्यसैले अभिनेता कुमारले केन्द्रीय मन्त्री अनुराग ठाकुरसँगै भारतीय प्रतिनिधिमण्डलको रुपमा महोत्सवमा सहभागी हुने बताइएको थियो ।

तपाईलाई बताउ, अक्षय दोस्रो पटक कोरोनाको चपेटामा आएका हुन् । यसअघि उनलाई कोरोनाको दोस्रो लहरमा पनि संक्रमण भएको थियो ।

उनले ट्विट गरेर भनेका छन्, ‘म कान्स २०२२ मा भारत प्याभिलियनमा हाम्रो सिनेमाको लागि धेरै उत्साहित थिएँ, तर दुःखको कुरा मेरो कोभिड परीक्षण रिपोर्ट सकारात्मक आएको छ ।

त्यसैले अब म आराम गर्छु । अनुराग ठाकुर तपाईं र तपाईंको सम्पूर्ण टोलीलाई कान्सको लागि शुभकामना ।’

सम्बन्धित खबरहरु