काठमाडौं । एकसाथ झण्डै दर्जन महिलाहरु गर्भवती भएपछि नयाँ बहस सुरु भएको छ ।

अमेरिकाको एक अस्पतालबाट एउटा अचम्मको घटना बाहिर आएको हो । त्यहाँ अस्पतालमा कार्यरत ११ जना महिला स्वास्थ्यकर्मी एकैसाथ गर्भवती भएकी छन् ।

जसमा १० नर्स र १ डाक्टर रहेका छन् । ती मध्य दुई नर्सको डेलिभरी मिति पनि एउटै छ ।

यी सबै महिलाले जुलाईदेखि नोभेम्बरसम्म बच्चा जन्माउनेछन् । यसका साथसाथै गर्भावस्थालाई लिएर अस्पतालको पानीमा केही मिसाइयो कि भन्ने कुरालाई लिएर मजाक पनि गरिएको छ ।

तर, सबैले छुट्टाछुट्टै पानीको बोतल ल्याउने गरेका थिए । त्यहाँ गर्भवती भएका १० नर्स र एक डाक्टर सबै प्रसूति, श्रम र सुत्केरी विभागमा काम गर्छन् । अस्पतालका स्त्री रोग विभागका निर्देशकका अनुसार उनीहरु सबै मिलेर काम गरिरहेका छन् ।

त्यसैले यो खबर बाहिरिएपछि उनीहरु सबै उत्साहित छन् । नर्सिङ स्टाफका धेरै सदस्य एकै समयमा गर्भवती भएको यो पहिलो पटक होइन । यसअघि पनि २०१९ मा मुख्य मेडिकल केन्द्रको श्रम तथा प्रसव विभागमा कार्यरत ९ नर्स एकैसाथ गर्भवती भएका थिए ।

त्यो समयमा सबै नर्सहरूले एक अर्काको डेलिभरीको लागि त्यहाँ जाने योजना बनाएका थिए ।

सन् २०१८ मा एण्डरसन अस्पतालको प्रसूति विभागमा कार्यरत ८ जना महिला एकै समयमा गर्भवती हुँदा यस्तै एउटा घटना सार्वजनिक भएको थियो । जसमध्ये ७ जना नर्सले सन्तानलाई जन्म दिएपछि फेरि एकपटक बालबालिकासँगै पोज पनि दिएका थिए ।

केही नर्सहरूले यो उनीहरूको लागि अनौठो अनुभव भएको बताए । पहिले नै सम्बन्ध छ जस्तो लाग्ने गरेको उनीहरुको भनाई रहेको छ । सँगै काम गर्ने, एकअर्कालाई सहयोग गर्ने र सँगै गर्भावस्थामा जाँदा फरक महसुस हुने गरेको उनीहरुको अनुभव थियो ।

 

सम्बन्धित खबरहरु