काठमाडौं । अमेरिकाको मिशिगन सिटीबाट एउटा अनौठो घटना बाहिर आएको छ ।

त्यहाँ २७ वर्षीया आलियाले आफू गलत शरीरमा भएको महसुस गरिन् । त्यसकारण उनलाई एक पुरुष बन्न मन लाग्यो, जबकि उनी एक महिलाको रूपमा जन्मेकी थिइन् ।

उनी आफ्नो लिंग परिवर्तन गरेर पुरुष बन्न चाहन्थिन् । जब उनले परिवारका सदस्यहरुलाई यो जानकारी दिइन् तब परिवारका सदस्यहरु निकै रिसाए ।

तर पछि परिवारका सदस्यहरुले पनि साथ दिए । आलियाले १८ वर्षको उमेरमा आफू ट्रान्सजेन्डर भएको थाहा पाएकी थिइन् । त्यसपछि उनले आफ्नो पुरुष उपनाम राखिन्, पुरुषजस्तै लुगा लगाउन थालिन् ।

आलियाले आफ्नो नाम बदलेर इस्सा राखिन् । २० वर्षको उमेरमा उनले डाक्टरसँग सल्लाह गरे, जसले उनलाई टेस्टोस्टेरोन बढाउन पुरुष हर्मोन लिनुपर्ने र दोहोरो मास्टेक्टोमी पनि गर्नुपर्ने बताए ।

आलियाले भनिन्, ‘मैले अगस्ट २०१५ मा कानुनी रूपमा आफ्नो नाम परिवर्तन गरें र त्यसपछि २०१६ मा दोहोरो मास्टेक्टोमी गराए ।’ तर केही वर्षपछि उनले आफू डि–ट्रान्जिसन गर्न चाहन्छिन्, फेब्रुअरी २०२१ मा पुरुष हर्मोन लिन बन्द गरिन् ।

त्यसपछि आलिया नामले फेरि आफ्नो जीवन बिताइन् । आलियाले भनिन्, ‘जब मैले आफ्नो लिंग परिवर्तन गरें त्यो मेरो परिवारका लागि सजिलो थिएन ।

मलाई मेरा हजुरआमाले मेरो नयाँ रूपमा स्वीकार गर्नुभयो, तर मेरो रंग परिवर्तन भएपछि मेरो परिवारका सदस्यहरूले पनि मलाई बुझ्न थाले । अब मलाई शल्यक्रिया वा हर्मोन गर्ने मेरो निर्णयमा कुनै पछुतो छैन ।’

उनले थप्दै भनिन्, ‘मेरो शरीरमा भएका परिवर्तनहरूको लागि, मैले धेरै उपचार र शल्यक्रियाहरू पार गरेको छु । कहिलेकाहीँ (लेजर) कपाल हटाउने पनि गरियो । अहिले म यस्तो बन्न चाहन्छु । तर भविष्यमा मेरो मन परिवर्तन हुन सक्छ ।’ आलियाका अनुसार उनले आफ्नो हर्मोन लिन बन्द गरेपछि उनको टेस्टोस्टेरोन अत्यधिक घटेको छ ।

तर उनको एस्ट्रोजेनको स्तर उस्तै छ । धेरैले मेरो उपस्थितिमाथि प्रश्न उठाएका छन् । तर मलाई अब कसैको वास्ता छैन ।

उनी अहिले यसमा खुःशी छिन् । आलियाले भनिन्, ‘जब म जवान थिएँ, म केटीजस्तै थिएँ । तर जति ठुलो हुँदै गए मेरो रुची बदलियो । १२ वर्षको उमेरसम्म टम ब्वायको रूपमा जीवन बिताए ।

किशोरावस्थामा म युवतीको जस्तो व्यवहार गर्थें । केटाहरू जस्तै डेटिङ, केटीहरू जस्तै मेकअप, ड्रेस अप । १९ वर्षको उमेरमा मैले महसुस गरें कि म गलत शरीरमा छु । त्यसपछि मैले मेरो परिवारलाई भनें कि म ट्रान्सजेन्डरको रूपमा बाँच्न चाहन्छु । त्यसपछि मैले आफ्नो नाम इस्मा इस्माइल राखें ।’

 

सम्बन्धित खबरहरु