काठमाडौं । भरतपुरमा नेकपा माओवादी केन्द्रकी उम्मेदवार रेनु दाहाललाई ठूलो धक्का लागेको छ ।
सत्ता गठबन्धनबाट उम्मेदवार दाहाललाई नेकपा एमालेका उम्मेदवारले कडा टक्कर दिइरहनु भएको छ ।
भरतपुर महानगरपालिकाको मेयरमा नेकपा एमालेका उम्मेदवार विजय सुवेदीले मतान्तर घटाउनु भएको हो ।
जारी मतगणनाको पछिल्लो परिणामअनुसार सत्ता गठबन्धनबाट नेकपा माओवादी केन्द्रकी उम्मेदवार दाहालभन्दा सुवेदी २ मतले मात्रै पछि हुनुहुन्छ ।
दाहालले २ हजार ४२५ मत प्राप्त गर्दा सुवेदीले २ हजार ४२३ मत पाउनु भएको छ । कांग्रेसका बागी (स्वतन्त्र उम्मेदवार) जगन्नाथ पौडेलले ७९५ मत ल्याउनु भएको छ ।