काठमाडौं । भारतको नरेन्द्र मोदी सरकारका मन्त्री तथा रिपब्लिकन पार्टी अफ इन्डिया (आरपीआई) का अध्यक्ष रामदास आठवलेले निकै रोचक माग गर्नुभएको छ ।

उहाँले आमाको मुख हेर्ने दिन जस्तै पत्नी दिवस मनाउनुपर्ने माग गर्नुभएको हो ।

यसका पछाडि उहाँले दिएको तर्क सुनेर सबै हैरान छन् । केन्द्रीय सामाजिक न्याय राज्यमन्त्री रामदास आठवलेले आइतबार एक कार्यक्रममा श्रीमती दिवसलाई आमाको मुख हेर्ने दिन जस्तै मनाउनुपर्ने बताउनुभयो ।

कार्यक्रममा सहभागी हुन भारत, महाराष्ट्रको सांगली पुग्नु भएका अठावलेले भन्नुभयो, ‘एउटी आमाले बच्चा जन्माउँछिन् भने श्रीमतीले राम्रो र खराब समयमा आफ्नो पतिको साथमा उभिन्छन् ।’

उहाँले थप्दै भन्नुभयो, ‘हरेक सफल पुरुषको पछाडि एक नारी हुन्छ, त्यसैले हामीले पत्नी दिवस मनाउनुपर्छ ।’

तपाईलाई बताउन कि अन्तर्राष्ट्रिय रूपमा मे महिनाको दोस्रो आइतबार आमाको मुख हेर्ने दिनका रूपमा मनाइन्छ । अठावले आफ्नो विचित्र कविता र विचित्र शैलीका कारण परिचित हुनुहुन्छ ।

संसद भवनमा उहाँको कविता सुनेर प्रधानमन्त्री नरेन्द्र मोदी पनि आफ्नो हाँसो रोक्न सक्नुहुँदैन । विगतमा अठावलेले कांग्रेस नेता शशि थरुरलाई उहाँको अंग्रेजीलाई लिएर काव्यात्मक शैलीमा प्रहार गर्नुभएको थियो ।

 

सम्बन्धित खबरहरु