काठमाडौं । टिकट नपाएपछि कांग्रेस छाडेर स्वतन्त्र उम्मेदवारी दिएका एकजना विजयी भएका छन् । डोटीको दिपायल सिलगढी नगरपालिकाको–२ को वडा अध्यक्षमा स्वतन्त्र उम्मेदवार राजेन्द्र खड्का विजयी हुनु भएको हो । खड्का ४६९ मत ल्याएर विजयी हुँदा कांग्रेस उम्मेदवार रोशन कठायतले ४१५ मत ल्याएर दोस्रो हुनुभयो ।
त्यसैगरी एमालेका उम्मेदवार लाल बहादुर कठायत २०९ मतका साथ तेस्रो स्थानमा आउनुभयो । वडाध्यक्षमा विजयी खड्का २०७४ सालको निर्वाचनमा कांग्रेसको तर्फबाट अध्यक्षमा विजयी हुनु भएको थियो ।
यसपटकको चुनावमा उहाँलाई कांग्रेसले अध्यक्षको टिकट दिएन् । पार्टीबाट टिकट नपाएपछि स्वतन्त्रबाट उम्मेदवारी दिनुभयो । आफू जित्ने निश्चित देखेपछि स्वतन्त्र उठेको उहाँले पटकपटक दाबी गर्दै पनि आउनु भएको थियो ।