चितवन । चितवनको भरतपुर महानगरपालिकाको मतपरिणाममा थप रोचक भएको छ ।
कुनै बेला नेकपा माओवादी (केन्द्र) का मेयर पदका उम्मेदवार रेनु दाहालले अग्रता कायम गर्ने त कुनै बेला नेकपा (एमाले) का उम्मेदवार विजय सुवेदीले अग्रता लिँर्दै यहाँ रोचक बनिरहेको छ ।
तर अहिले एमालेका सुवेदीले अग्रता थप बढाउनुभएको छ । झिनो मतान्तर रहँदै आएको त्यहाँ अहिले सुवेदीले ७३ मत बढी ल्याउनुभएको छ ।
१३५६५ मत गणना हुँदा एमालेका मेयर विजय सुवेदीले ४६२५ मत ल्याउनुभएको छ । उहाँलाई पछ्याई रहनुभएका नेकपा माओवादी (केन्द्र) का रेनु दहालले ४५५२ मत प्राप्त गर्नुभएको छ ।
नेपाली कांग्रेसका बागी उम्मेदवार जगन्नाथ पौडेलले २०४० मत ल्याएर एमालेलाई थप सहयोग गर्नुभएको छ ।
भरतपुरमा पाँच दलीय गठबन्धन छ । त्यहाँ गठबन्धनविरुद्ध कांग्रेसका नेता पौडेल बागी उठ्नुभएको छ । उहाँको मतले एमालेलाई सहयोग गरेको छ । उपमेयरमा भने नेपाली कांग्रेसका चित्रसेन अधिकारीले अग्रता लिनुभएको छ ।
उहाँले ५३९५ मत ल्याउनुभएको छ । नेकपा एमालेको चुनावी तालमेलमा रहेको राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का हिमला गुरुङले ३६७९ मत ल्याएर उहाँलाई पछ्याई रहनुभएको छ ।