rastrapati-and-gachhadarदलहरुबीच दुरी बढिरहँदा राष्ट्रपति डाक्टर रामबरण यादव सक्रिय हुँन थालेका छन् ।

संविधान सभामा वल प्रयोग गरेर प्रश्नावली समिति बनाउने प्रस्ताव पारित भएपछि  राजनीतिक दलहरु भने सम्वादहीन अवस्थामा पुगेका छन् ।

यस्तो अवस्थामा राष्ट्रपति यादव भने राजनीतिक भेटवार्तामा सक्रिय हुन थालेका छन् । संविधान निमार्ण प्रक्रियामा एमाओवादी र मधेसवादी दलहरुलाई पनि विश्वासमा लिन नेकपा एमाले र नेपाली कांग्रेसलाई सुझाव दिएका राष्ट्रपति यादवले आफै मधेसवादी दलहरुसँग भेटवार्ता गरिरहेका छन् ।

राष्ट्रपति यादवले शुक्रबार बिहानै मधेसी मोर्चाका संयोजक विजयकुमार गच्छदारसँग भेटवार्ता गरे । बिहान १० बजे नै शितल निवास पुगेका नेता गच्छदारसँग संविधान निमार्ण प्रक्रियामा मधेसवादी दलहरुको भूमिकाका सन्र्दभमा कुराकानी भएको जनाइएको छ ।

भेटवार्तामा राष्ट्रपति यादवले मधेसका मुद्धामा सत्तारुढ दलहरु गम्भिर नएका कारण एमाओवादीसँग सहकार्य गर्नुपरेको जानकारी दिएको स्रोतले जनाएको छ ।

भेटवार्तामा राष्ट्रपति यादवले संविधान निमार्ण प्रक्रियामा सकारात्मक रुपमा दलहरुसँगको सहकार्यमा जुट्न सुझाव दिनुभएको थियो ।

मधेसका मुद्धा संविधान सभा बहिस्कार गरेर सम्वोधन नहुँने भएकाले सबै दलहरुसँग सहकार्य गरेर मुद्धा स्थापित गराउन राष्ट्रपतिको सुझाव रहेको स्रोतको दावी छ ।

जवाफमा नेता गच्छदारले मधेसका दलहरु र अन्य दलहरुसँग छलफल गरेर कुन तरीकाले अघि बढ्ने विषयमा टुङ्गो लगाउने जानकारी दिएका थिए ।

सम्बन्धित खबरहरु