बन्दिपुर । तनहुँको बन्दिपुर गाउँपालिकामा उपाध्यक्ष पदको निर्वाचनमा आएको अन्तिम मतपरिणाम रोचक बन्यो ।

त्यहाँ अध्यक्षमा नेकपा (एमाले) का उम्मेदवार सुरेन्द्रबहादुर थापा विजयी हुनुभयो भने उपाध्यक्षमा नेपाली कांग्रेसका पञ्च माया गुरुङ विजयी हुनुभएको छ ।

उपप्रमुखमा नेकपा माओवादी केन्द्रका करुणा गुरुङ प्रमुख प्रतिस्पर्धी बन्नुभयो । करुणा मात्र २ मतले पराजित हुनुभयो ।

६ सय मत गणना गर्न बाँकी भएका बेला पञ्च माया गुरुङसँग करुणा गुरुङले अग्रता बढाउनुभएको थियो ।

अन्तिम समयसम्मपनि करुणाको अग्रता रहेपनि विजयी घोषणा हुने समयमा २ मत कम भयो । नेपाली कांग्रेसका पञ्च माया गुरुङले ३०२७ मत ल्याउँदा नेकपा माओवादी केन्द्रका करुणा गुरुङले ३०२५ मत ल्याउनुभयो ।

यहाँ एमालेले उपप्रमुखमा उम्मेदवारी दिएको छैन । स्वतन्त्र उम्मेदवार केश माया गुरुङ १५९५ मत ल्याउनुभयो । केश माया गुरुङको उम्मेदवारीले पञ्च माया गुरुङलाई विजयी हुन सहयोग पुग्यो ।

स्थानीय चुनाव २०७४ मा नेकपा माओवादी केन्द्रका पूर्ण सिं थापा यहाँ विजयी हुनुभएको थियो । उहाँले २८६३ मत प्राप्त गर्नुभएको थियो । यहाँ माओवादीको पहिलेको मत समेत अहिले घटेको छ ।

दोस्रो पटक माओवादीबाट नै उम्मेदवार बन्नुभएका पूर्ण सिं थापाले यो पटक ३१६६ मत मात्र प्राप्त गर्नुभयो । यहाँ अध्यक्ष पदमा १०२०५ मत खसेको थियो ।

सम्बन्धित खबरहरु