नवलपरासी । नवलपरासीको सरावल गाउँपालिकाको अध्यक्ष र उपाध्यक्ष नेकपा एमाले विजयी भएको छ ।

अध्यक्षमा सुखाडीप्रसाद चौधरी र उपाध्यक्षमा बासमति हरिजन निर्वाचत हुनुभएको छ ।

चौधरीले नेपाली कांग्रेसका अनिलकुमार गौडलाई २ हजार ९ सय ७० मतको फराकिलो अन्तरले पराजित गर्नुभयो । चौधरीले ७ हजार ५९ मत ल्याउँदा गौडले ४ हजार ८९ मत ल्याउनुभयो ।

त्यस्तै उपाध्यक्षमा निर्वाचित हरिजनले नेपाली कांग्रेसकी उत्तमा रायलाई ३ सय ९४ मतले पराजित गर्नुभयो ।

हरिजनले ५ हजार ७ सय ४३ मत ल्याउँदा रायले ५ हजार ३ सय ४९ मत ल्याउनुभयो । पराजित राय निवर्तमान उपाध्यक्ष समेत हुनुहुन्छ ।

यसअघि गाउँपालिकामा दुवै पद कांग्रेस (अध्यक्षमा तत्कालीन फोरम लोकतान्त्रिक, पछि कांग्रेसमा समाहित) ले जितेको थियो ।

७ वटा वडा रहेको गाउँपालिकामा वडा नं १ मा एमालेका विष्णुप्रसाद भट्टराई, वडा नं. २ मा नेपाली कांग्रेसका शम्भुप्रसाद चौधरी वडाध्यक्षमा निर्वाचित हुनुभएको छ ।

वडा नं. ३ को अध्यक्षमा राप्रपाका फिरङ्गी चौधरी र वडा नं. ४ मा एमालेका सुरेश यादव निर्वाचित हुनुभएको छ ।

वडा नं. ५ मा कांग्रेसका लक्ष्मणप्रसाद चौधरी, वडा नं. ६ मा कांग्रेसकै छोटेलाल गुप्ता र वडा नं. ७ मा माओवादीका हेयात खाँ धुनिया वडाध्यक्षमा निर्वाचित हुनुभएको छ ।

 

सम्बन्धित खबरहरु