काठमाडौं । झण्डै तीन महिनादेखि रुस र युक्रेनबीच लडाँई जारी छ ।

यो बीचमा रुसका सेवानिवृत्त कर्णेल र सैन्य विश्लेषक मिखाइल खोदोर्नोकले सोमबार गरेको दाबीले सबैलाई हैरान बनाएको छ ।

उहाँले एक रूसी टिभी च्यानलमा आफ्ना साथी प्यानललाई चकित पार्नुभयो । आफ्नो टिप्पणीमा उहाँले भन्नुभयो, ‘रसियाको लागि अवस्था पक्कै खराब हुनेछ ।

युक्रेनले पश्चिमी देशहरूबाट धेरै सहायता पाइरहेको छ । युक्रेनले आफ्ना १० लाख जनतालाई हतियार हस्तान्तरण गर्न सक्छ ।’

उहाँले युक्रेनका सैनिकमा आफ्नो मातृभूमिको रक्षा गर्ने भावना अझै बलियो रहेको पनि बताउनुभयो ।

रुसमा युद्धको असरबारे खोदोर्नोकले भन्नुभयो, ‘रुसको अहिलेको राजनीतिक र सैन्य समस्या भनेको यो एक्लो भएको छ । सारा संसार उसको विरुद्धमा उभिएको छ ।’

खोदोर्नोकले अगाडि थप्दै भन्नुभयो, ‘सत्य यो हो कि हामीले यो अवस्थालाई सकेसम्म चाँडो समाधान गर्ने प्रयास गर्नुपर्छ ।’

उहाँले थप भन्नुभयो, ‘हाम्रो विरुद्धमा ४२ देशको संगठन छ भन्ने कुरालाई सामान्य मान्न सकिँदैन । यसका साथसाथै हाम्रा स्रोतसाधन, सैन्य शक्ति सीमित छन् भन्ने कुरा पनि बुझ्न जरुरी छ ।’

सम्बन्धित खबरहरु