काठमाडौं । वसुन्धरामा रहेको स्पा सेन्टरभित्र यौन धन्दा चलाउनेहरु पक्राउ परेका छन् ।

भारत, मध्यप्रदेश, ग्वालियरको वसुन्धरा टावरस्थित विश्व विद्यालय थानाको प्रहरी र अपराध शाखाले ग्राहकको मागमा दिल्लीबाट युवती ल्याएर वेश्यावृत्ति गर्ने गिरोहलाई नियन्त्रणमा लिएको हो ।

ग्वालियरको स्पा सेन्टरको आडमा यौनसम्पर्कको यो व्यवसाय फस्टाएको थियो । वेश्यावृत्तिको यस व्यवसायमा श्रीमान श्रीमती नै संलग्न रहेको खुलेको छ ।

स्पा सेन्टरमा कारबाही गर्दै ग्वालियर प्रहरीले बाहिरबाट ठेक्कामा बोलाइएका दुई युवतीलाई पनि पक्राउ गरेको छ । जानकारी अनुसार श्रीमान श्रीमती मिलेर यो स्पा सेन्टर चलाउने गर्दथे ।

उनीहरु दुबै विरुद्ध अनैतिक ओसारपसार ऐनको विभिन्न धारा अन्तर्गत मुद्दा दर्ता गरिएको छ ।

वास्तवमा वसुन्धरा टावरमा रहेको स्पा सेन्टरभित्र वेश्यावृत्तिको कारोबार भइरहेको गोप्य सूचना प्रहरीलाई प्राप्त भएको थियो । यस सूचनाका आधारमा प्रहरीले सादा पोशाकमा आफ्ना एक जवानलाई स्पा सेन्टरमा पठाएको थियो ।

उनको मागमा युवती उपलब्ध गराउनेबारे कुराकानी रेकर्ड गरियो । त्यसैको आधारमा सिएसपी मुनिष राजोरिया र उनको टोलीले सोमबार राति सिटी सेन्टरस्थित नाइन स्ट्रीट स्पा सेन्टरमा छापा मारेको हो ।

प्रहरीले त्यहाँबाट धेरै आपत्तिजनक सामग्री पनि बरामद गरेको छ । यो धन्दामा राजनीतिक दलमा आवद्ध महिलाको नाम पनि बाहिर आएको छ । यसबारे पनि प्रहरीले अनुसन्धान गरिरहेको छ ।

बिजुलीको बिल लगायत फ्ल्याटका मालिकको खोजी भइरहेको समेत प्रहरीले जानकारी गरायो । उनलाई पनि अभियुक्त बनाइने प्रहरी अधिकारीहरुले बताएका छन् ।

प्रहरीका अनुसार घटनास्थलमा ग्राहकलाई खुसी पार्न बाहिरबाट ठेक्कामा बोलाइएका दुई युवती भेटिए । यस विषयमा प्रहरी अतिरिक्त उपरीक्षक (अपराध शाखा) राजेश डन्डोटियाले हाल तीन जनाविरुद्ध मुद्दा दर्ता गरिएको जानकारी दिनुभयो । यस घटनामा अन्य केही अभियुक्त पनि पक्राउ पर्न सक्ने प्रहरीले जनाएको छ ।

सम्बन्धित खबरहरु