काठमाडौं । एक सांसदको अश्लील भिडियो लिक भएको छ । पाकिस्तान तहरीक–ए–इन्साफ (पीटीआई) का बागी सांसद तथा चर्चित टिभी होस्ट आमिर लियाकतको विवादास्पद भिडियो सामाजिक सञ्जालमा लिक भएको हो ।

यो भिडियो लियाकतकी तेस्रो श्रीमती दानिया शाहले लिक गरेकी हुन् । दानियाले लियाकतसँग सम्बन्ध विच्छेदका लागि केही दिनअघि अदालतमा निवेदन पनि दिएकी थिइन् ।

दानियाले आमिर लियाकतमाथि हमला, जेल हाल्ने र जबरजस्ती नग्न भिडियो खिच्नेसम्मका गम्भीर आरोप समेत लगाएकी छिन् ।

सामाजिक सञ्जालमा लिक भएको यो भिडियोमा लियाकतलाई नग्न अवस्थामा देख्न सकिन्छ ।

ओछ्यानमा लागूऔषध पनि राखिएको भिडियो बाहिर आउको हो । यी लिक भिडियोहरूमा प्रतिकृया दिदैँ लियाकतले ट्वीट पनि गरेका छन् । उनले भनेका छन्, ‘मान्छेहरू नग्न भिडियोहरूमा मेरो जवाफ जान्न चाहन्छन् ।

यस प्रकारको भिडियो लिक गराउनेहरुको भूमिका के हो भन्ने जवाफ छ ? कहाँ छ न्यायपालिका ? जसको दायित्व हरेक नागरिकको इज्जतको रक्षा गर्नु हो । न्यायपालिकाले किन कदम चालेन ?

संघीय अनुसन्धान विभागको साइबर अपराध शाखाले अहिलेसम्म किन कारबाही गरेको छैन ?’ भनेर प्रश्न गरेका छन् । उनका अनुसार व्यभिचार गर्नेहरु राम्रा तर बिहे गर्नेहरु नराम्रो भइरहेका छन् ।

दानियाले भिडियो लिक गरेको उनले आरोप लगाएका छन् । तर उनले सो भिडियोमा आफू नभएको भन्ने कुरालाई भने नर्कान सकेका छैनन् ।

लियाकतले भने, ‘यी भिडियोमा भएका कारण मानिसहरूले मेरो खिल्ली उडाइरहेका छन् ।

यदि यो भिडियोमा एउटी महिला भएको भए उदारवादीहरूले यस्तो व्यवहार गर्थे ?’ उनले आफू सभ्य ढंगले अगाडि बढ्न चाहेकोले श्रीमतीको त्यस्तो भिडियो सेयर गर्न नचाहेको बताए ।

उनी भन्छन्, ‘दानियाले अल्लाह (भगवान) ले बनाएको सबै सीमा पार गरिन् । उनले विवाहको गोपनीयता र विश्वास तोडेकी छिन् । कुरानको श्लोकलाई उद्धृत गर्दै उनले श्रीमान्–श्रीमती एकअर्काको लुगाजस्तै भएको र दानियाले यो पोशाक च्यातेकी छिन् ।’

सम्बन्धित खबरहरु