काठमाडौं । चर्चित मोडल तथा अभिनेत्री शाहना शुक्रबार (१३ मे) कोझिकोडमा मृत फेला परेकी थिइन् ।

२० वर्षीया शाहना घरको झ्यालको रेलिङमा झुण्डिएको अवस्थामा फेला परेकी हुन् ।

प्रहरी उनको परम्बिल बजारस्थित घर (घटनास्थल) मा पुगेको थियो । सहर कोझिकोडबाट करिब १४ किलोमिटर टाढा उनको लाश फेला परेको हो ।

शाहानाका श्रीमान साजदलाई सोधपुछका लागि हिरासतमा राखिएको छ । डेढ वर्षअघि मात्रै उनीहरुको विवाह भएको थियो, दुबै जना भाडाको घरमा बस्दै आएका थिए ।

शाहनाको हत्या भएको आफन्तको अनुमान छ । शाहनाकी आमाले आफ्नी छोरीले सधैं घरेलु हिंसाको बारेमा बताउने गरेको बताइन् ।

उनका श्रीमानले उनलाई समय समयमा पिट्थे । मनोरमा न्यूजसँगको कुराकानीमा शाहनाकी आमाले भनिन्, ‘उनी कहिल्यै आत्महत्या गर्न सक्दिँनन् । उसले आफ्नो २० औं जन्मदिनमा हामी सबैलाई निम्तो दिएकी थिइन् । हामी सबै मिलेर उनको जन्मदिन मनाउने योजना बनाएका थियौं ।’

बिहीबार साँझ शाहनाले आफूलाई सम्पर्क गरेको शाहनाकी आमाले बताइन् । गत शुक्रबमर उनको २० औं जन्मदिन थियो । छोरीले जन्मदिन मनाउन घर आउन निम्ता दिएको आमाले स्मरण गरिन् ।

उनले भनिन्, ‘मलाई लाग्दैन उसले आत्महत्या गरेको हो ।’ शाहानाको हत्या श्रीमान् सज्जादले गरेको आमाको आरोप छ ।

साजादले शाहानालाई विज्ञापनको पैसाको चेक नदिए ज्यान मार्ने धम्की दिएका थिए । शाहानाले चेक दिन अस्वीकार गरेकी थिइन् ।

शाहानाले डेढ वर्षअघि कोझिकोडमा सज्जादसँग विवाह गरेकी थिइन् । सज्जाद कतार एयरलाइन्समा काम गर्छन् । विवाहपछि शाहनाले मोडलिङ करियर सुरु गरिन् ।

उनले तमिल चलचित्रमा अभिनय गर्नुका साथै धेरै विज्ञापनमा पनि काम गरिन् । जब शाहानाले धेरै पैसा कमाउन थालिन्, तब सज्जादले कतार एयरलाइन्समा काम गर्न अस्वीकार गरेको खुलेको छ । आफू काममा नगएर सज्जादले शाहानाको कमाईमा धेरै पैसा खर्च गर्थे ।

सज्जादको परिवारले २५ वटा कुरा मागेको शाहानाका आफन्त बताउँछन् । त्यसपछि सज्जादको परिवारले विवाहपछि पनि धेरै कुराहरु मागेका थिए । शाहानाले सबै कुरा माइती परिवारलाई बताएकी थिइन् ।

सज्जाद र उनको परिवारले शाहानालाई आफ्नी आमालाई भेट्न पनि दिने गरेको थिएन् । विवाहपछि शाहना भाडाको घरमा बस्न थालिन् । तर सज्जादले उनलाई यातना दिन छोडेनन् ।

उनले बारम्बार पैसाको माग गरिरहेका हुन्थे । सज्जादले शाहानाको हत्या गरेको माइती पक्षले आरोप लगाएको छ । सज्जादले यातना दिएको भन्दै शाहानाले केही दिनअघि उजुरी दिने प्रयास पनि गरेकी थिइन् । तर सज्जादका साथीले शाहानालाई फकाएर उजुरी दिन दिएका थिएनन् ।

सम्बन्धित खबरहरु