काठमाडौं । बलिउडमा एक अर्को जोडीले लामो समय देखिको प्रेमलाई विवाहमा बदल्ने भएको छ ।

मलाइका अरोडा र अर्जुन कपुरले लामो समयदेखिको प्रेमलाई विवाहमा बदल्न लागेका हुन् । सुरुमा दुवैले लामो समयसम्म आफ्नो सम्बन्ध सबैसँग लुकाएर राख्ने गर्थे ।

तर एक दिन दुवैले सामाजिक सञ्जालमा तस्विर सेयर गर्दै आफूहरु एकअर्काको प्रेममा परेको पुष्टि गरेका थिए ।

मलाइका र अर्जुनले सधैं एकअर्कालाई खुब साथ दिन्छन् । हरेक समस्यामा उनीहरु एक अर्काको साथ दिन्छन् । अब दुबैले आफ्नो सम्बन्धलाई एक कदम अगाडि बढाउन लागेको खबरहरु आइरहेका छन् ।

बलिउड लाइफको समाचार अनुसार अर्जुन र मलाइका यस वर्षको जाडोमा विवाह गर्ने तयारीमा छन् । दुवैले नोभेम्बर र डिसेम्बरमा विवाह गर्न सक्छन् । विवाह मुम्बईमा हुन सक्ने अनुमान गरिएको छ ।

परिवारका सदस्यहरू र नजिकका साथीहरू मात्र बिहेमा उपस्थित हुनेछन् । मलाइकाले बिहेमा सामान्य साडी र अर्जुनले कुर्ता लगाउने खबर पनि आइरहेको छ । साथै, विवाह समारोहमा दुवैले पश्चिमी लुगा लगाउनेछन् ।

मलाइका र अर्जुन धेरै धूमधाम नभई आत्मीय विवाह चाहन्छन् । विवाह दर्ता गरेपछि दुवैले विवाहको भोज दिन सक्ने कुरा समाचारमा बताइएको छ ।

बिहे पार्टीमा उनको उद्योगका नजिकका साथीभाइ र परिवारका सदस्यहरू सहभागी हुनेछन् । विवाहमा कपूर परिवार, मलाइकाका परिवारका सदस्यहरू र करिना कपूर खान लगायत उनका साथीहरू उपस्थित हुने बताइएको छ ।

अभिनेत्री मलाइका अरोडा ४८ बर्षकी भइन् । अभिनेता अर्जुन कपुर भने भर्खर ३६ बर्षका भए । उनीहरुबीच १२ बर्षको उमेर भिन्नता छ ।

सम्बन्धित खबरहरु