काठमाडौं । जंगलमा आगो लगाएर टिकटक बनाएपछि एक मोडलको चर्को आलोचना भएको छ ।

‘म राम्रो लुगा लगाएर, नक्कल पार्दै आफ्नो भिडियो भाइरल बनाउन जंगलमा आगो लगाउने कोही यति मूर्ख होला भनेर कल्पना गर्न सक्दिँन ।

यसलाई निश्चित रूपमा अनुमति दिइने छैन । सम्भव भएसम्म यस्ता व्यक्तिहरूलाई कानुनी दायरामा ल्याइनेछ ।’

यी शब्दहरु पाकिस्तानको इस्लामावादस्थित वन्यजन्तु व्यवस्थापन बोर्डका अध्यक्ष राना सइद खानका हुन् ।

राना सइद खानले इस्लामावाद मार्गल्लामा आगजनी गर्ने महिला मोडलविरुद्ध राजधानी विकास प्राधिकरणले प्रहरीमा उजुरी दिएको बताए ।

उनीहरुलाई प्रहरीले छिट्टै कानुनी दायरामा ल्याउने अपेक्षा गरिएको छ । इस्लामावाद प्रहरीका अनुसार आवश्यक अनुसन्धानपछि राजधानी विकास प्राधिकरणको अनुरोधमा मुद्दा दर्ता गरिएको हो ।

बीबीसीले मोडल डलीलाई सम्पर्क गर्यो तर उनले कुनै प्रतिक्रिया दिइनन् । राना सइद खान जंगलमा आगो लगाउनु तमाशा नभई जघन्य अपराध भएको बताउँछन् ।

अष्ट्रेलिया जस्ता देशहरूमा यस्तो अपराधमा संलग्नलाई आजीवन कारावासको सजाय दिइन्छ । पाकिस्तानमा पनि जंगल र पहाडमा आगजनी नियन्त्रण गर्न कडा सजायको आवश्यकता भएको उनको बुझाई रहेको छ ।

मरगल्लाको भिडियो सामाजिक सञ्जालमा भाइरल भएपछि राजधानी विकास प्राधिकरणले उजुरी दिएको हो ।

राजधानी विकास प्राधिकरणको वातावरण विभागका सहायक निर्देशक इजाज उल हसनले प्रहरीलाई दिएको निवेदनमा मारगल्ला हिल्स राष्ट्रिय निकुञ्जको क्षेत्र रहेको पनि बताए । त्यहाँ विगत दुई वर्षयता आगलागीका धेरै घटना भएका छन् ।

जसमा बिरुवा, घाँस र चराहरूको ठूलो क्षेत्र क्षति भएको छ । उक्त टिकटक मोडलविरुद्ध वातावरण, वन्यजन्तु तथा वन ऐन अन्तर्गत कारबाही हुनुपर्ने निवेदनमा उल्लेख छ ।

सम्बन्धित खबरहरु