काठमाडौं । वैवाहिक बलात्कारलाई अपराध घोषित गर्ने मुद्दाको सुनुवाइ अब सर्वोच्च अदालतमा पुगेको छ ।

भारतको दिल्ली उच्च अदालतको दुई सदस्यीय इजलासको विभाजित निर्णयको विरुद्धमा उजुरीकर्ता अब सर्वोच्च अदालतमा पुग्नु भएको हो ।

यो उजुरी खुशबू सैफीले दायर गर्नुभएको हो । सैफी पहिलो उजुरीकर्ता हुनुहुन्छ, जो दिल्ली उच्च अदालतको विभाजित आदेशको विरुद्ध सर्वोच्च अदालतमा पुग्नुभयो ।

सैफीले न्यायाधीश राजीव शाकधरको फैसलालाई समर्थन गर्दै न्यायाधीश सी हरिशङ्करको निर्णयलाई सर्वोच्चमा चुनौती दिनु भएको छ ।

न्यायाधीश राजीव शाकधरको अध्यक्षतामा रहेको दिल्ली उच्च अदालतको दुई न्यायाधीशको इजलासले वैवाहिक बलात्कार मुद्दामा फरकफरक फैसला गरेको थियो ।

यस मुद्दामा न्यायाधीश राजीव शाकधेरले श्रीमतीको सहमतिमा जबरजस्ती सम्बन्ध राख्नु संविधानको धारा १४ को उल्लङ्घन भएको भन्दै यसलाई खारेज गरेका थिए ।

अर्कोतिर न्यायाधीश सी हरिशङ्करले यस विषयमा शाकधेरको फैसलासँग आफू सहमत नभएको बताए । उनका अनुसार आईपीसी धारा ३७५ को अपवाद २ ले संविधानको उल्लङ्घन गर्दैन ।

सम्बन्धित खबरहरु