काठमाडौं । टर्कीका राष्ट्रपति रजेप तैयप एर्दोगानले आफ्नो देश फिनल्यान्ड र स्वीडेन नेटोमा सामेल हुने कुराको विपक्षमा रहेको बताएका छन् ।

एर्दोगानले टर्कीलाई फकाउनका लागि यी दुई स्क्यान्डिनेभियाली देशहरूले आफ्ना प्रतिनिधि पठाउन आवश्यक नरहेको पनि उनले स्पष्ट पारेका छन् ।

टर्की नेटोको एक महत्वपूर्ण सदस्य राष्ट्र हो । यसअघि स्वीडेनले युरोप निकै खतरनाक वास्तविकताको बीचमा रहेको बताएको थियो । फिनल्याण्डले युक्रेनमा रुसको आक्रमणलाई संकेत गरिरहेको थियो ।

रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले ३० सदस्यीय सैन्य गठबन्धनमा सामेल हुने फिनल्याण्ड र स्वीडेनबाट रुसलाई कुनै प्रत्यक्ष खतरा नरहेको बताए पनि सैन्य पूर्वाधारमा कुनै पनि विस्तार भए रुसले जवाफ दिने कुरामा जोड दिदैँ आएका छन् । रजेप तैयप एर्दोगान सोमबार एक पत्रकार सम्मेलनमा टर्कीले फिनल्याण्ड र स्वीडेनलाई नेटोमा सामेल गराउने कुराको विरोध गर्ने बताए ।

उनले स्वीडेनलाई चरमपन्थी समूहहरूको जन्मस्थान भनेर वर्णन गरेका छन् । उनले भने, ‘आतंकवादी समूहका सम्बन्धमा यी दुई देशको अडान स्पष्ट छैन ।

हामी तिनीहरूमाथि कसरी भरोसा गर्न सक्छौं ?’ नेटो सदस्य टर्कीले केही दशकदेखि टर्की सरकारविरुद्ध सशस्त्र संघर्ष गरिरहेको कुर्दिस्तान वर्किंग पार्टी (पीकेके) लाई यी दुई देशले समर्थन गरिरहेको आरोप लगाउँदै आएको छ ।

सम्बन्धित खबरहरु