काठमाडौं । विश्वमा हुने अनौठो विवाहको बारेमा तपाईले धेरै पटक देख्नु वा पढ्नुभएको होला । तर बिहेको समयमा दुलहा र दुलहीले आगो लगाएर आगोले घेरिएर हेलो–हाइ गर्दै गरेको देखिएको छ ? यस्ता दुलहा र दुलहीको बिहेको तस्विर र भिडियो सामाजिक सञ्जालमा निकै भाइरल भइरहेको छ ।

भिडियोमा देखिएका दुलहा र दुलहीको नाम एम्बर बम्बिर र गाबे जेसप हो । दुवैले विवाहको समयमा पाहुनाको बीचमा आफूलाई आगो लगाएका थिए । दुलहा र दुलहीलाई फूलमालाले स्वागत र बिदाइ गरियो । तर यो जोडीले नयाँ प्रकारको तरिका अपनाएको हो ।

दुबैले फायर प्रुफ गाउन लगाएका थिए र शरीरमा एन्टि बर्न जेल पनि लगाएका थिए । त्यसपछि उनीहरुले आफ्नो ढाडमा आगो लगाएर कार्यक्रम स्थललाई बिदाइ गरेका हुन् । भिडियो पहिलो पटक सामाजिक सञ्जालमा डीजे र विवाह फोटोग्राफर रस पावेल द्वारा पोस्ट गरिएको थियो ।

त्यसपछि यो भाइरल भयो । पावेलले भनेका छन्, ‘प्रशिक्षित पेशेवरहरू हुन्, यसलाई घरमा प्रयास नगर्नुहोस् ।’ दम्पतीको कपालमा आगो लागेपछि मानिसहरु त्रसित भएका थिए । त्यसका लागि, पावेलले बताए कि उनीहरू दुवैको कपाल र अनुहारमा एन्टी–बर्न जेल थियो, त्यसपछि त्यसमाथि विग थियो ।

यो भिडियो सामाजिक सञ्जालमा करोडौंले हेरेका छन् । भाइरल भइरहेको यो भिडियोमा, दम्पती सम्पूर्ण स्टन्टको क्रममा शान्त थिए र अन्ततः दुबै आगोको अगाडि घुँडा टेक्ने बिन्दुमा पुगे । त्यसपछि दुई दमकलको सहयोगमा आगो निभाइयो ।

सम्बन्धित खबरहरु