काठमाडौं । काठमाडौं महानगरपालिकाको मेयरमा स्वतन्त्र उमेदवार बालेन शाहको अग्रता कायम छ ।

५५ हजार ७९२ मतगणना हुँदा बालेनले आफ्नो अग्रता कायम राखिरहनुभएको छ ।

पछिल्लो विवरणअनुसार बालेनले २१ हजार ३२४ मत पाउनुभएको छ ।

उनका निकटतम प्रतिस्पर्धी एमालेका केशव स्थापितले ११ हजार २१६ मत प्राप्त गर्नुभएको छ । कांग्रेसकी सिर्जना सिंहको पक्षमा १० हजार ३६२ मत खसेको छ ।

गोकर्णेश्वरमा कांग्रेसको विजय ¥याली
गोकर्णेश्वर नगरपालिकाको प्रमुख पदमा विजय हासिल गरेको नेपाली कांग्रेसले जोरपाटीबाट सुन्दरीजलसम्म विजय जुलुस निकालेको छ ।

विजय ¥यालीमा नवनिर्वाचित नगरप्रमुख दीपक रिसाल, पूर्व नगरप्रमुख एवं कांग्रेस काठमाडौँ ३ नं क्षेत्रीय सभापति सन्तोष चालिसे, नवनिर्वाचिन वडाअध्यक्ष नारायणबहादुर सुवेदी, नन्दलाल श्रेष्ठ र राजीव थापालगायत नवनिर्वाचित वडा सदस्य, पार्टीका नेता कार्यकर्ताको सहभागिता थियो ।

विजय ¥यालीपछि सुन्दरीजलस्थित बिपी सङ्ग्रहालय पुगी कांग्रेसका संस्थापक नेता एवं प्रथम जननिर्वाचित प्रधानमन्त्री बिपी कोइराला, सर्वोच्च नेता गणेशमान सिंह र पहिलो सभामुख कृष्णप्रसाद भट्टराई, पार्टी नेता रामनारायण मिश्र, दिवानसिंह राई र योगेन्द्रमान शेरचनलगायत नेताको सालिकमा नवनिर्वाचित नगरप्रमुख रिसाललगायतका जनप्रतिनिधिले माल्यार्पण गर्नुभएको थियो ।

माल्यार्पणपछि विजय ¥याली जोरपाटी चोकमै आएर समापन भएको थियो । बुधबार सम्पन्न मतगणनमा रिसाल नेकपा (एमाले)का नगरप्रमुख पदका उम्मेदवार उद्धव विष्टभन्दा एक हजार १८८ मतान्तरमा विजयी हुनुभएको थियो । उपप्रमुखमा भने एमालेकी सान्नानी लामा विजयी हुनुभयो । वडा नं १, २, ३, ६ र ७ को वडाध्यक्षमा एमालेका उम्मेदवार विजयी भएका छन् । वडा नं ५, ८ र ९ को वडाध्यक्षमा कांग्रेसका उम्मेदवार विजयी भएका छन् ।

विसं २०७४ को स्थानीय तह निर्वाचनमा नगरप्रमुख, उपप्रमुखमा कांग्रेसका उम्मेदवार विजय भएका थिए । त्यसबेला वडा नं १, ३, ५, ६, ८ र ९ को वडाध्यक्ष पनि कांग्रेसले जितेको थियो । वडा नं २ मा राप्रपाले वडाध्यक्ष जितेको थियो । वडा नं ४ र ७ मा भने एमालेले वडाध्यक्ष जितेको थियो ।

सम्बन्धित खबरहरु