कैलाली । कैलालीको टीकापुर नगरपालिकाको प्रमुखमा नागरिक उन्मुक्ति पार्टी विजयी भएको छ । नगरप्रमुखमा रामलाल डगौरा थारु विजयी हुनुभएको हो ।

थारुले तीन दलीय गठबन्धनबाट नगर प्रमुखमा उम्मेदवार बन्नुभएका नेपाली कांग्रेसका नवराज रावललाई हराउनुभयो ।

उहाँले नौ हजार ६४२ मत ल्याउनुभयो । उहाँका निकटतम प्रतिद्वन्द्वी कांग्रेसका नवराज रावलले ६ हजार ६४२ मत ल्याउनुभएको छ ।

त्यस्तै उपप्रमुखमा नागरिक उन्मुक्तिकी उल्कादेवी विकलाई हराउँदै गठबन्धनबाट उपप्रमुखका उम्मेदवार खडक शाह विजयी हुनुभएको छ ।

शाहले सात हजार ९५५ मत ल्याउनुभएको छ । उहाँका निकटतम प्रतिद्वन्द्वी विकले सात हजार ८०२ मत ल्याउनुभएको छ ।

टीकापुरमा तीन वडामा माओवादी केन्द्र, तीनमा कांग्रेस, दुईमा नागरिक उन्मुक्ति पार्टी र एउटामा एमाले विजयी भएको छ ।

सम्बन्धित खबरहरु