दाङ । दाङको घोराही उपमहानगरपालिकामा नगरप्रमुख र उपप्रमुखमा नेकपा (एमाले) विजयी भएको छ ।

प्रमुखमा नरुलाल चौधरी ३१ हजार ७२८ मत प्राप्त गरी विजयी हुनुभएको छ ।

उहाँका निकटतम प्रतिद्वन्द्वी नेकपा (माओवादी केन्द्र)का हेमराज शर्माले २६ हजार ३२८ मत प्राप्त गर्नुभएको मुख्य निर्वाचन अधिकृत रितेन्द्र थापाले जानकारी दिनुभयो । चौधरी निवर्तमान नगरप्रमुख हुनुहुन्छ ।

उपप्रमुखमा एमालेकै हुमा डीसी ३० हजार ४०३ मत प्राप्त गरी विजयी हुनुभयो ।

[caption id="attachment_388812" align="alignnone" width="1800"] दाङको घोराही उपमहानगरपालिकामा नगरप्रमुख र उपप्रमुख पदमा नेपाल कम्युनिष्ट पार्टी (एमाले) बाट विजयी हुनुका उम्मेदवार नरुलाल चौधरी र हुमा डिसी । उहाँहरु गठबन्धबाट उम्मेदवार बन्नुभएका उम्मेदवारलाई पराजित गर्दै नगरप्रमुख पदमा निर्वाचित चौधरीले ३१ हजार ७बmउस२८, उपप्रमुख डिसीले ३० हजार ४०३ मत प्राप्त गरी विजयी हुनुभएको हो । तस्वीर : नारायणी रजौरे/रासस[/caption]

उहाँका निकटतम प्रतिद्वन्द्वी कांग्रेसका भुपबहादुर डाँगीले ३० हजार ३५४ मत प्राप्त गर्नुभयो ।

उन्नाइस वडामध्ये घोराहीमा वडा नं १, २, ३, ४, ५, ६, ८, ११, १२, १४ र १८ मा एमाले, वडा नं १०, १३, १५, १६ र १९ मा काँग्रेस तथा वडा नं ९ मा माओवादी केन्द्र विजयी भयो । उपमहानगरपालिकामा कूल एक लाख १२ हजार ९२७ मतदाता रहेकामा ७६ हजार ५२९ (६७.७६ प्रतिशत) मत खसेको थियो ।

 

सम्बन्धित खबरहरु