काठमाडौं । एक चर्चित बलिउड अभिनेत्रीको किस (म्वाई) खुबै भाइरल भएको छ ।

अभिनेत्री कङ्गना राणावत पछिल्लो समय कामका कारण चर्चामा छिन् । अहिले उनी आफ्नो फिल्म ‘धकड’ लाई लिएर खुबै चर्चामा छिन् ।

उनी फिल्मको प्रमोशन (प्रचार) मा लगातार व्यस्त छिन् । कङ्गनाका धेरै भिडियो यसबीच भाइरल भइरहेका छन् ।

तर हालै उनको एउटा किस गरेको भिडियो सार्वजनिक भएको छ, जसले सबैलाई चकित बनाएको छ ।

यो भिडियोमा देख्न सकिन्छ कि कङ्गना एक पार्टी (उत्सव) मा छिन्, जहाँ उनले सुन्दर मुण्डे शिवमलाई देख्नेबित्तिकै किस गरिन् ।

उनको यो फरक स्टाइल देखेर फ्यानहरु पनि छक्क परेका छन् । हालै कङ्गनाको एउटा भिडियो सामाजिक सञ्जालमा निकै भाइरल भइरहेको छ ।

यस भिडियोमा उनी होस्ट भएको लकअप शो का प्रतियोगी शिवम शर्मा सेल्फी लिन भनेर उनीतिर आउँछन् । उनलाई देख्ने बित्तिकै कङ्गनाले म्वाई खान्छिन् । उनको यो स्टाइल देखेर शिवम पनि छक्क पर्छन्, यो भिडियो सामाजिक सञ्जालमा निकै भाइरल भइरहेको छ ।

यो भिडियोमा कमेन्ट गर्दै एक फ्यानले भने, ‘वाह लक्की (भाग्यमानी) यार’ अर्का फ्यानले लेखे, ‘भाइ (शिवम) लाई लोटरी (चिठ्ठा) पर्यो ’ शो सक्काएपछि अहिले उनी आफ्नो फिल्म ‘धाकड’ लाई लिएर निकै उत्साहित छिन् ।

अभिनेता सलमान खानले पनि उनलाई यो फिल्मको लागि बधाई दिएका छन् । उनको यो फिल्म मे २० मा हलमा प्रदर्शन हुँदैछ ।

सम्बन्धित खबरहरु