काठमाडौं । पोखरा महानगरपालिकामा सत्ता गठबन्धनलाई नेकपा एमालेले कडा टक्कर दिइरहेको छ ।

गठबन्धनको तर्फबाट नेपाल कम्युनिष्ट पार्टी (एकिकृत समाजवादी) का प्रमुख उम्मेदवार धनराज आचार्य २०,७४९ मतका साथ अग्रस्थानमा हुनुहुन्छ ।

आचार्यलाई पछ्याइरहनु भएका नेपाल कम्युनिष्ट पार्टी (एमाले) का कृष्णबहादुर थापाले १८,३६६ मतका साथ कडा टक्कर दिइरहनु भएको हो ।

उपप्रमुखतर्फ नेपाल कम्युनिष्ट पार्टी (एमाले) की मञ्जुदेवी गुरुङ २०९७७ मतका साथ अगाडि हुनुहुन्छ भने नेपाली कांग्रेसकी उम्मेदवार कोपिला रानाभाट २०९६३ मत ल्याएर दोश्रो स्थानमा हुनुहुन्छ ।

राष्ट्रिय प्रजातन्त्र पार्टीका मेयर पदका उम्मेदवार शंकर खराल २०१० मत ल्याएर तेश्रो स्थानमा आउनु भएको छ ।

अर्कोतिर उपप्रमुखतर्फ राप्रपा उम्मेदवार रन्जनाकुमारी सेन पौडेल १८१८ मतका साथ तेश्रो हुनु भएको हो । पोखरा महानगरपालिका स्वतन्त्र उम्मेदवार खडकराज पौडेलले ११३४ मत पाउनुभयो ।

सम्बन्धित खबरहरु