काठमाडौं । अभिनेत्री कङ्गना राणावतको एक बयान विवादमा आएको छ ।

भारत, उत्तर प्रदेश, बनारसको ज्ञानवापी मस्जिद प्रकरणमा मस्जिद परिसरको सर्वेक्षण पूरा भएको छ ।

यो सबै विवाद तल्लो अदालतदेखि सर्वोच्च अदालतसम्म मुद्दा चलिरहेको छ । ज्ञानवापी मस्जिद विवादलाई लिएर विभिन्न अभिव्यक्तिहरु आएका छन् ।

यसैबीच, बलिउड अभिनेत्री कङ्गना बुधबार साँझ बनारस पुगेकी थिइन् । त्यहाँ उनले आफ्नो फिल्म ‘धाकड’का बाँकी स्टार कास्टका साथ काशी विश्वनाथको दर्शन गरिन् ।

त्यस क्रममा उनले भनिन्, ‘मथुराको प्रत्येक कणमा भगवान कृष्ण र अयोध्याको प्रत्येक कणमा भगवान राम छन् ।

त्यसैगरी काशीको प्रत्येक कणमा भगवान शिव छन् । उनीहरूलाई कुनै संरचना चाहिँदैन ।’ यस विषयमा सर्वोच्च अदालतले पनि आजै सुनुवाइ गर्नेछ ।

सम्बन्धित खबरहरु