काठमाडौं । विश्वका सबैभन्दा धनि व्यक्ति एवं टेस्लाका सीईओ एलोन मस्कले अब डेमोक्र्याट पार्टीको सट्टा रिपब्लिकन पार्टीलाई समर्थन गर्ने बताएका छन् ।

मस्कले ट्वीट गर्दै भने, ‘विगतमा मैले डेमोक्र्याटलाई भोट दिएँ किनभने तिनीहरू राम्रो पार्टी थिए ।

तर अहिले यो पार्टी विभाजन र घृणाको पार्टी बनेको छ । म अब यस पार्टीलाई मेरो समर्थन विस्तार गर्न सक्दिँन र म अब रिपब्लिकन पार्टीलाई भोट दिनेछु ।’

https://twitter.com/elonmusk/status/1526997132858822658

एलोन मस्कले अब डेमोक्र्याटले उनको विरुद्ध अभियान चलाउन सक्ने लेखेका छन् । तर, एलोन मस्कले डेमोक्र्याट पार्टीलाई निशाना बनाएको यो पहिलो पटक भने होइन ।

राष्ट्रपति जो बाइडेनको बारेमा पनि नकारात्मक ट्वीट गरिसकेका छन् ।

एलोन मस्कले ट्वीट गरेर बाइडेनले महसुस गरे कि उनी जित्दा देश परिवर्तन गर्न रोजेका थिए किनभने मानिसहरू अलि कम नाटक चाहन्छन् ।

एलोन मस्कले पूर्व अमेरिकी राष्ट्रपति ट्रम्पको बारेमा पनि बयान दिइरहेका छन् ।

उनले ट्वीटर किन्ने प्रक्रिया पूरा भएमा डोनाल्ड ट्रम्पमाथि लगाएको ट्वीटरको स्थायी प्रतिबन्ध हटाउने बताएका छन् । ट्विटरमा ट्रम्पलाई प्रतिबन्ध लगाएकोमा एलोन मस्कले धेरै पटक आलोचना गरिसकेका छन् ।

 

सम्बन्धित खबरहरु