काठमाडौं । हावाहुरीका कारण सिंहदरबारभित्र रूखको हाँगा भाँचिएर लाग्दा एक जनाको ज्यान गएको छ ।

बुधबार राति पौने ८ बजे सिंहदरबारभित्र रहेको राष्ट्रिय अनुसन्धान विभागको कम्पाउन्डमा हावाहुरी चलेको थियो ।

सोही कारण एक्कासी रूखको हाँगा भाँच्चिएर लाग्दा एक जनाको मृत्यु भएको हो ।

जिल्ला प्रहरी परिसर काठमाडौंका प्रहरी उपरीक्षक दिनेशराज मैनालीले यसबारे जानकारी गराउनुभयो ।

मृत्यु हुनेमा पाल्पा रम्बा गाउँपालिका–५ घर भई राष्ट्रिय अनुसन्धान विभागमा सूचकको रूपमा कार्यरत २७ वर्षीय विजय कार्की रहनु भएको छ ।

उहाँ टाउकोमा हाँगा खस्दा गम्भीर घाइते हुनु भएको थियो ।

उपचारका लागि तत्काल नयाँ बानेश्वरस्थित सिभिल अस्पतालमा लगियो । उपचारको क्रममा राति सवा ११ बजे कार्कीको मृत्यु भयो ।

शवलाई पोष्टमार्टमको लागि महाराजगन्जस्थित टिचिङ अस्पताल पठाइएको छ ।

 

सम्बन्धित खबरहरु