काठमाडौं । सामान्यतया चलचित्रमा प्रेमीले आफ्नी प्रेमिकालाई प्रपोज गर्न कुनै रोचक तरिका अपनाउने गरेको देखेका छौँ ।

तर के तपाईंले वास्तविक जीवनमा त्यस्तो देख्नुभएको छ ? सायद नदेख्नु भएको हुनुपर्छ । आज हामी त्यस्तै एक घटना लिएर आएका छौँ ।

एक व्यक्तिले आफ्नो बुबाको अन्त्येष्टिको समयमा आफ्नो प्रेमिकालाई प्रपोज गरेका हुन् । हो, दक्षिण अफ्रिकाका एक पुरुषले आफ्नी प्रेमिकालाई प्रपोज गर्न यस्तो अनौठो समय रोजेका छन् ।

सामाजिक सञ्जाल ट्विटरमा साझा गरिएको भिडियोमा एक दक्षिण अफ्रिकी पुरुषले आफ्नो बुबाको अन्त्येष्टिमा एक महिलालाई प्रेम प्रस्ताव गरेको देखाइएको छ ।

भिडियो लाखौंले हेरिसकेका छन् । जानकारी अनुसार मोजेलाले यो भिडियो टिकटकमा सेयर गरेकी छिन् । उनी एक अन्त्येष्टिमा गए, जहाँ उनले एक जना मानिसलाई देखे जो एक घुँडा टेकेर आफ्नी प्रेमिकालाई के तिमी मसँग विवाह गर्न चाहान्छ्यौँ भनेर सोधेका थिए ।

जब केटी आफ्नो बुबाको मृत्युको शोकका थिईन्, तब ती मानिसले प्रेम पस्ताव राख्ने कुरा सोचेका हुन् । सामाजिक सञ्जालमा ती व्यक्तिको चर्को आलोचना भइरहेको छ ।

सामाजिक सञ्जालमा धेरैले परिस्थिति जस्तोसुकै भए पनि मानिसको आचरण पूर्णतया अनुपयुक्त भएको बताए । अचम्मको कुरा के भने, केटाको पछाडि केटीका बुवाको शव राखिएको थियो ।

अर्को अफवाह के थियो भने प्रेम प्रस्ताव गर्ने व्यक्ति एक पुजारी हुन्, जो ती केटीसंग प्रेममा थिए । उनले केटीका बुबाको मृत्युको दिन उनलाई प्रपोज गर्ने योजना बनाएका थिए ।

ती व्यक्तिको हर्कत देखेर ती महिला छक्क परन् । उनले प्रेम प्रस्तावमा कुनै प्रतिक्रिया दिइनन् । उनले न स्वीकार गरिन्, न त अस्विकार नै गरिन् ।

ती व्यक्तिले केटी रोएको देखेर आफूलाई दुःख लागेको र त्यसले उनलाई समर्थन गर्न अन्तिम संस्कारको समयमा प्रेम प्रस्ताव गरेको भनेका छन् ।

सम्बन्धित खबरहरु