काठमाडौं । धनुषाको कमला नगरपालिकामा जसपाका जिल्ला अध्यक्षलाई पराजित गर्दै कांग्रेसका उम्मेदबार निर्वाचित हुनुभएको छ ।

प्रमुखमा विशेश्वर यादवले जसपाका पशुपति यादवलाई एक हजार २८ मतान्तरले पराजित गर्दै निर्वाचित हुनुभएको हो ।

निर्वाचित विशेश्वरले तीन हजार ८८७ मत पाउँदा पशुपतिले दुई हजार ८५९ मत मात्र प्राप्त गर्नुभयो ।

उपप्रमुखमा पनि कांग्रेसकै उम्मेदवार शिलादेवी मण्डल तीन हजार ८८७ मत ल्याएर निर्वाचित हुनुभएको छ ।

उहाँको निकटतम प्रतिद्वन्द्वी जसपाकी पुनिता कुमारीले दुई हजार ७६६ मत मात्र ल्याउनुभयो ।

सहिदनगर नगरपालिकाको प्रमुखमा जसपा र उपप्रमुख नेपाली कांग्रेस
धनुषाको शहीदनगर नगरपालिकामा प्रमुख जनता समाजवादी पार्टी (जसपा) र उपप्रमुखमा नेपाली कांग्रेसले जितेको छ ।

प्रमुखमा दिनेशप्रसाद यादवले पाँच हजार ७४३ मत ल्याएर निर्वाचित हुँदा उहाँको निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका सुधीरकुमार गोइतले चार हजार १०५ मत प्राप्त गर्नुभयो ।

उपप्रमुखमा सुनिता कुमारी सिंहले चार हजार ९३१ मत ल्याएर निर्वाचित हुँदा जसपाको लक्ष्मीनिया कुमारी मण्डलले चार हजार ७९१ मत प्राप्त गर्नुभयो ।

सम्बन्धित खबरहरु