काठमाडौं । भरतपुर महानगरपालिकामा नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) उम्मेदवार रेनु दाहालको अग्रता कायम रहेको छ । पछिल्लो जानकारी अनुसार उहाँ १५,५१३ मतका साथ अग्रस्थानमा हुनुहुन्छ ।

दाहाललाई पछ्याइरनु भएका नेपाल कम्युनिष्ट पार्टी (एमाले)का विजय सुवेदीले १२,३८७ मत ल्याउनु भएको छ ।

उपप्रमुखतर्फ नेपाली कांग्रेसका चित्रसेन अधिकारी धेरै अगाडि हुनुहुन्छ । उहाँलाई १७५३५ मत परेको छ भने दोश्रो स्थानमा रहनु भएकी राष्ट्रिय प्रजातन्त्र पार्टीकी उम्मेदवार हिमला गुरुङलाई ९९६१ मत परेको छ ।

भरतपुर महानगरपालिका चितवन जिल्लामा पर्दछ । यस महानगरपालिकामा कूल जनसंख्या ३,६९,३७७ रहेको छ भने कुल मतदाता संख्या १,८५,७५२ रहेको छ । जसमा ८८,८८४ पुरुष र ९६,८६७ महिला रहेका छन् । यस महानगरपालिकामा २९ वडा छन् ।

सम्बन्धित खबरहरु