काठमाडौ । त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालय बल्खुले भर्खरै नतिजा प्रकाशित गरेको छ ।

त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालय बल्खुद्धारा कानून संकायतर्फ एलएलबी (LLB 1st Year ) प्रथम बर्ष २०७६ को आंशिक परीक्षाको परीक्षाफल प्रकाशित भएको हो ।

त्रिविद्धारा जारी सूचना अनुसार केन्द्रीय परीक्षा सञ्चालक समितिको निर्णय अनुसार नतिजा प्रकाशित गरिएको उल्लेख छ ।

उक्त परीक्षाको परीक्षाफल वेवसाईट https://tuexam.edu.np/ मा हेर्न सकिनेछ र मोबाईलमा LLBI (Space) Roll No. Type and 33624 मा SMS गरेरपनि जानकारी पाउन सकिनेछ ।

नतिजा आफुले हेरिसकेपछि सबैको जानकारीका लागि सेयर गरिदिनुहोला ।

भोलिदेखि अनलाइनबाट व्यक्तिगत श्रम स्वीकृति
वैदेशिक रोजगार कार्यालय काठमाडौँले शुक्रबारदेखि अनलाइनबाटै नयाँ व्यक्तिगत श्रम स्वीकृति प्रदान गर्ने भएको छ ।

वैदेशिक रोजगारीसँग सम्बन्धित सेवा अनलाइनबाट प्रवाह गर्ने उद्देश्यअनुसार व्यक्तिगत श्रम स्वीकृति पनि अनलाइनबाट दिन लागिएको कार्यालयले जनाएको छ ।

कार्यालयले २०७८ माघ २ गतेदेखि पुनः श्रम स्वीकृति र २०७९ वैशाख २ गतेदेखि संस्थागत श्रम स्वीकृतिको काम अनलाइनबाट प्रदान गर्न थालेको छ ।

सेवा प्रवाह व्यवस्थित बनाइएसँगै कार्यालयमा दैनिक हुने हजाराँैको भीड हटेको छ ।

हाल भौतिक उपस्थितिमा भइरहेको नयाँ व्यक्तिगत श्रम स्वीकृति र वैधानिकीकरणमार्फत हुने श्रम स्वीकृतिको काम पनि अनलाइनबाट मात्र हुने व्यवस्थासँगै कार्यालयले पूर्णरूपमा अनलाइन प्रणालीबाट मात्र सेवा प्रवाह गर्ने भएको छ ।

आधुनिक प्रविधिको प्रयोग गरी सहज र सरल तरिकाबाट छिटो छरितोरूपमा गुनासोरहित सेवा प्रदान गर्न मन्त्रालयले निर्देशन गरेसँगै सबै किसिमका श्रम स्वीकृतिको काम अनलाइन प्रणालीबाट गर्न लागिएको कार्यालय प्रमुख रमेश अर्यालले बताउनुभयो ।

गत आवमा वैदेशिक रोजगारीका लागि एक लाख ६७ हजार जनाको श्रम स्वीकृति भएकामा चालु आवको १० महिनामा पाँच लाख बढीको श्रम स्वीकृति जारी भएको कार्यालयले जनाएको छ ।

सम्बन्धित खबरहरु