कपिलवस्तु । कपिलवस्तुको शिवराज नगरपालिकामा राप्रपाका अजय थापा र नेकपा एमालेकी शिवकुमारी चौधरी निर्वाचित हुनुभएको छ ।

मेयरमा निर्वाचित राप्रपाका थापाले ७ हजार ६०२ मत पाउनुभयो भने उहाँका निकटतम प्रतिस्पर्धी नेकपा एमालेका महादेव पोखरेलले ७ हजार १२८ मत ल्याउनुभयो ।

त्यस्तै, उपमेयरमा नेकपा एमालेकी शिवकुमारी चौधरी निर्वाचित हुनुभयो । उहाँ निवर्तमान उपमेयर हुनुहुन्थ्यो ।

उहाँले ७ हजार ९५५ मत प्राप्त गर्दा निकटतम प्रत्यासी नेपाली कांग्रेसकी शारदा कार्कीले ६ हजार १८५ मत प्राप्त गर्नुभएको थियो ।

 

सम्बन्धित खबरहरु