काठमाडौं । नेकपा एमालेका मेयर उम्मेदवार केशव स्थापित र स्वतन्त्र उम्मेदवार बालेन (बालेन्द्र) साहबीचको प्रतिस्पर्धा थप रोचक बन्न थालेको छ ।

आज रातिबाट नतिजा उल्टो हुन थालेको छ । हरेक वडामा अग्रता लिइरहेका बालेन साह पछि पर्न थाल्नुभएको छ ।

एमालेका मेयर उम्मेदवार केशव स्थापितले मतदान गरेको काठमाडौंको २८ नम्बर वडामा कांग्रेसको प्यानल नै विजयी भएको छ ।

कांग्रेसका वडाध्यक्ष उम्मेदवार भाइराम खड्गी १२८१ मत ल्याएर वडाध्यक्षमा निर्वाचित हुनुभयो ।

उहाँका प्रतिस्पर्धी एमालेका विपेन्द्र खड्गीले १०७२ मत ल्याउनुभयो ।

यो वडाबाट मेयरमा स्वतन्त्र उम्मेदवार बालेन साहले ७३४ मत मात्र पाउनुभयो ।

एमालेका केशव स्थापितले ७७३ र कांग्रेसकी सिर्जना सिंहले ७१० मत प्राप्त गर्नुभयो ।

यो वडामा बालेन साह पछि पर्नुभएको छ । केशव स्थापितको भन्दा बालेनको ३८ मत कम आएको छ ।

 

सम्बन्धित खबरहरु