रुपन्देही । मतगणनाको सुरुवाती चरणबाटै प्रतिस्पर्धामा रहेको रुपन्देहीको तिलोत्तमामा जारी मतगणनामा अहिले नेकपा एमालेका उम्मेदवार मोहन चापागाईले अग्रता लिनुभएको छ ।

गठबन्धन दल र नेकपा एमालेबीच कडा टक्कर देखिएको यो पालिकामा पछिल्लो मत परिणाम अनुसार नेकपा एमालेका मेयर उम्मेदवार मोहन चापागाईंले अग्रता लिनुभएको हो ।

मोहन चापागाईं एमालेको भातृ संगठन प्रेस चौतारी नेपालमा आवद्ध पत्रकार हो ।

शुक्रबार बिहानसम्म १५ हजार २६१ मत गणना गर्दा चापागाईंले ५ हजार ९९३ मत प्राप्त गर्नुभएको छ ।

गठबन्धन दलका तर्फबाट मेयर उम्मेदवार नेपाली कांग्रेसका रामकृष्ण खाँणले ५ हजार ८५६ मत प्राप्त गर्नुभयो । खाँण चापागाईंभन्दा १३७ मतले पछि पर्नुभएको छ ।

यसैगरी उपप्रमुख पदमापनि नेकपा एमालेकी जागेश्वरीदेवि चौधरीले फराकिलो मतान्तर कायम राख्नुभएको छ । उहाँ २ हजार ९९५ मतले अघि रहनुभएको छ ।

पछिल्लो मत परिणाम अनुसार चौधरीले ५ हजार ७४३ मत प्राप्त गर्दा निकटतम प्रत्यासी गठबन्धन दलको तर्फबाट गोलाकार भित्र हँसिया हथौडामा २ हजार ७४८ मत प्राप्त भएको छ ।

सम्बन्धित खबरहरु