काठमाडौ । महिला भाग्न, उम्कन सक्ने अवस्था नभई बलात्कारबाट बच्न हारगुहार गर्दा समेत सहयोग नपाई आफ्नो सतीत्व बचाउन प्रतिकार गर्दा बलात्कारीको मृत्यु हुन गएमा ज्यानमाराको बात लाग्दैन ।

बलात्कारको घटना घटिसकेपछि त्यसको रीस थाम्न नसकी घटना घटेको १ घण्टाभित्र घटनास्थलमा वा लखेट्दै केही गर्दा बलात्कारीको मृत्यु हुन गएमा पनि ज्यानमाराको बात लाग्दैन ।

Stope Rape

बलात्कार न्यूनिकरणका लागि नेपाल प्रयोग गरिएको यो कानूनी व्यवस्था सबैको जानकारीका लागि सबैमा सेयर गरौँ ।

यो घटनापछि कानूनमा भएको यो व्यवस्था यहाँ राखिएको हो ।

बलात्कारमा परेँ भनेर फोन गर्ने किशोरीलाई सहयोग नगरेकी माल्भिकाले माफी मागिन्

सुन्दरी प्रतियोगिता जिताउने नाममा किशोरीलाई ६ महिनासम्म बेहोस गराएर बलात्कार

बलात्कारमा हुने सजाय
१० वर्षभन्दा मुनिको बालिका भए १० देखि १५ वर्षसम्म कैद हुनेछ । १० वर्षमाथि १४ वर्षमुनिको बालिका भए ८ देखि १२ वर्षसम्म कैद हुनेछ । १४ वर्षमाथि १६ वर्ष मुनिको बालिका भए ६ देखि १० वर्षसम्म कैद हुनेछ । १६ वर्ष वा सोभन्दा माथिको महिला भए ५ देखि ८ वर्षसम्म कैद हुनेछ ।

गोपनियताको व्यवस्था
मुद्दाको कारवाहीको क्रममा बलात्कृत महिलासँग सम्बन्धित जानकारीहरू गोप्य राख्नु पर्दछ । बलात्कारको घटनाको प्रचार प्रसारको क्रममा स्वीकृतिविना पीडितको वास्तविक नाम र फोटो सार्वजनिक गर्न हुँदैन ।

बलात्कारको मुद्दाको उजुरीदेखि फैसला कार्यान्वयनसम्मको कारवाहीको क्रममा पीडितले अनुरोध गरेमा कानुन कार्यान्वयन गर्ने निकायहरूले पीडितको वास्तविक नामको सट्टामा काल्पनिक नाम वा संकेतको प्रयोग गर्ने गरी गोपनियता कायम गर्नुपर्दछ ।

सम्बन्धित खबरहरु