काठमाडौं । ब्युटी पेजेन्टको नाममा बलात्कार भएको घटनामा अहिले धेरैले बोल्न थालेका छन् ।

पीडितको समर्थनमा अहिले अभिनेत्री पूजा शर्माले पनि उत्रिनु भएको छ ।

शर्माले सामाजिक सञ्जालमा एक पोष्ट गर्दै ती युवतीलाई अगाडि बढेर पीडकको वास्तविकता बाहिर ल्याउन अनुरोध गर्नुभएको हो ।

सन् २०१४ मा एक किशोरीले आफू बलात्कृत भएको भन्दै बाहिर आएपछि अहिले हंगामा मच्चिएको छ ।

अभिनेत्री पूजाका अनुसार यो एकजना पीडितमाथि हुने शारीरिक हिंसा मात्र होइन, यो मानवता माथिको आक्रमण पनि हो । अभिनेत्री शर्माले भन्नु भएको छ, ‘म देख्न सक्छु ।

डरको बाबजुद पनि तिमी बलियो भएकी छौ ।’ उहाँले ती युवतीलाई आफ्नो साथ र समर्थन समेत रहेको स्पष्ट पार्नुभयो ।

अभिनेता पल शाहमाथि एक नाबालिग गायिकाले बलात्कार गरेको आरोप लगाउँदा शर्मा शाहको पक्षमा उभिनु भएको थियो । त्यसैले अहिले दोहोरो चरित्र देखाएको भन्दै धेरैले आलोचना पनि गरिरहेका छन् ।

 

सम्बन्धित खबरहरु