काठमाडौ । ८ बर्ष अघि बलात्कृत किशोरीको पक्षमा देशभर आवाज उठ्न थालेको छ ।

#Justicforsushmita ह्यासट्यागमा समाजिक सञ्जालमा अत्याधिक न्यायको मागका पोष्टहरु भइरहेका छन् ।

बिहानदेखि नै राजधानी काठमाडौको बालुवाटार स्थित प्रधानमन्त्रीको सरकारी निवास अगाडी र विभिन्न ठाउँमा शान्तिपूर्ण प्रर्दशन भइरहेका छन् ।

उनको न्यायका लागि कानून संशोधन सहित अरोपिलाई तत्काल गिरफ्तारको माग गरिएको छ । बलात्कार जस्तो जघन्य अपराधमा उजुरीका लागि हदम्याद हटाउँनुपर्ने आवाज सर्वत्र उठिरहेको छ ।

यही बेला नेकपा (एमाले) का केन्द्रीय सदस्य एवं प्रचार तथा प्रकाशन विभागका उपप्रमुख विष्णु रिजालले पीडकलाई अविलम्ब गिरफ्तार गरेर न्याय मरेको छैन भन्ने प्रमाणित गर्न सार्वजनिक अपिल गर्नुभएको छ । उहाँले सामाजिक सञ्जाल फेसबुकमा लेख्नुभएको छ ।

हदम्याद जस्तो प्राविधिक विषयलाई प्रमुख बनाएर बलात्कार जस्तो मानिसको जीवनसँग सम्बन्धित जघन्य, अमानवीय र असह्य अपराधलाई उन्मुक्ति दिनै मिल्दैन ।

अपराधीलाई कुनै पनि बाहनामा उन्मुक्ति नमिलोस्, पीडितलाई न्याय मिलोस् । पीडकलाई अविलम्ब गिरफ्तार गर । न्याय मरेको छैन भन्ने प्रमाणित गर ।

सम्बन्धित खबरहरु