काठमाडौं । यदि तपाईं सामाजिक सञ्जालमा सक्रिय हुनुहुन्छ भने धेरै पटक कम्पनीको नीतिहरू उल्लङ्घन गरेको सूचना पाउनु भएको हुनुपर्छ ।

यदि धेरै पटक उनीहरुको नीतिहरू उल्लङ्घन गर्दा अकाउन्ट नै डिलिट हुन्छ । यस्तो अवस्थामा आफ्नो खाता फिर्ता पाउन धेरै मुस्किल हुन्छ ।

तर हालै एक यस्तो खुलासा भयो, जसले यो सबै कुरालाई गलत साबित गरेको छ ।

इन्स्टाग्रामले तपाईंको खाताले उनीहरूको नीतिहरू मध्ये कुनै एक उल्लङ्घन गरेको छ भनेर खाता डिलिट गर्यो भने त्यसलाई पुनर्स्थापना गर्नु चुनौतीपूर्ण हुन सक्छ ।

तर एक ओन्लीफ्यान्स प्रयोगकर्ताले डिलिट भएको खाता फिर्ता पाउने नयाँ जुक्ति बताएकी छिन् । ओन्लीफ्यान्स एक अनलाइन प्लेटफर्म र एप, जहाँ मानिसहरूले मासिक सदस्यता मार्फत वयस्क सामग्री (फोटो र भिडियोहरू, लाइभ स्ट्रिमहरू) को लागि भुक्तानी गर्न सक्छन् ।

ती प्रयोगकर्तालाई धेरै राम्ररी थाहा छ, उनले आफ्नो इन्स्टाग्राम कसरी फिर्ता पाइन् । ओन्लीफ्यान्समा सक्रिय चर्चित मोडल किट्टी लिक्सोले नो जम्पर पोडकास्टमा पत्याउन गाह्रो पर्ने खुलासा गरेकी छिन् ।

उनले मेटाका कर्मचारी (पहिले फेसबुक भनेर चिनिन्थ्यो) सँग सुतेपछि झण्डै दुई लाख फलोअरहरू भएको इन्स्टाग्राम खातालाई फिर्ता पाइन् । नो जम्पर पोडकास्ट होस्ट एडमद्वारा पोस्ट गरिएको च्याटको स्निपेटमा, लिक्सोले आफू यो कसरी गर्न सक्षम भइन् भन्ने कुरा विस्तृत वर्णन रूपमा खुलाएकी छिन् ।

त्यसलाई उनले अहिलेसम्म गरिएको सबैभन्दा खराब कुरा भनेर पनि ब्याख्या गरेकी छिन् ।

उनले भनेकी छिन्, ‘मेरो साथीले मलाई सिकाउनुभयो, जब जब तपाइँको इन्स्टाग्राम खाता बन्द हुन्छ तब फिर्ता पाउने प्रक्रिया मूल रूपमा कस्तो हुन्छ र कुन विभागले कुन चीजहरूमा काम गर्दछ ।’ उनलाई इन्टेग्रेटी (इमान्दारी) विभागले डिलिट भएका खाताहरूको समीक्षा गर्ने कुरा बताइयो ।

यस जानकारीपछि लिक्सोले खाता फिर्ता ल्याउनका लागि विभागमा जोडिएका मान्छेहरूको लिंकहरू खोज्न थालिन् । उनले आफ्नो साथीको लिंक्डइन खाता हेरिन् । उनले खाताको बारेमा सन्देशहरू पठाएर उनीहरूको ध्यानाकर्षण गर्न असफल भइन् ।

त्यसपछि उनलाई इन्स्टाग्रामको सट्टा विभागमा जोडिएका मान्छेहरूसँग सिधा सम्पर्क गर्न मन लाग्यो । उनले अर्को एक इन्स्टाग्राम खातामार्फत उनीहरूलाई इन्स्टाग्राममा सम्पर्क गरिन् । उनले इन्स्टाग्रामसँग सिधा सम्पर्क भएका कर्मचारी फेला पारे पनि आवश्यक विभागका मान्छेलाई फेला पार्न सकेकी थिइनन् ।

त्यसपछि उनले इन्स्टाग्राममा काम गर्ने मानिसहरूसँग भेट्ने निर्णय गरिन् । लिक्सोलाई केही कर्मचारीहरू भेट्टाउन सफल भइन् । उनको गर्ल्स गोन वायरलेस पोडकास्टको बारेमा केहीलाई थाहा थियो, त्यसरी कर्मचारी उनीहरूसम्म पुग्नु थियो ।

उनले भनिन्, ‘हामीले एक अर्कालाई भेट्यौं, मैले ती केहीसँग यौनसम्बन्ध राखे । यसरी मैले डिलिट भएको मेरो इन्स्टाग्राम खाता दुई वा तीन पटक फिर्ता लिन सफल भएँ ।’ सामान्य तरिकाले खाता फिर्ता पाउनका लागि पटक–पटक अनुरोध गर्नुपर्छ, धेरै पटक खाता फिर्ता पाउन सकिदैँन् ।

लिक्सोका अनुसार, खाता फिर्ता दिने कि नदिने भनेर फरक व्यक्तिले मूल्याङ्कन गर्दछ । जबसम्म कसैले त्यो विभागमा तपाईंको लागि प्रयास गरिरहन्छ, तपाईंले अन्ततः आफ्नो खाता फिर्ता पाउनुहुन्छ ।

लिक्सोले उनको इन्स्टाग्रामलाई तीन पटक कसरी फिर्ता पाइन् भन्ने कुरा पनि विस्तृत रूपमा ब्याख्या गरेकी छिन् । उनले कर्मचारीसँग आफ्नो खाता समीक्षा गर्यौ भने तिमीसँगै सुत्छु भनेर सम्झौता गरेकी थिइनन् ।

सम्बन्धित खबरहरु