काठमाडौं । सिङ्गापुरको कम्पनी जिलिंगोले भारतीय मूलकी सीईओ अंकिती बोसलाई आर्थिक अनियमितताको आरोपमा बर्खास्त गरेको छ । जिलिंगोले शुक्रबार भारतीय मूलकी सह–संस्थापक एवं सीईओ अंकिती बोसलाई आर्थिक अनियमितताको आरोपमा फोरेन्सिक अडिट पछि बर्खास्त गरेको हो ।

अंकितीलाई कम्पनीको खातामा अनियमितता भएको गुनासो गरेपछि मार्च ३१ मा निलम्बन गरिएको थियो । जिलिंगोले शुक्रबार एक विज्ञप्ति जारी गर्दै यसबारे जानकारी दिएको हो । जारी विज्ञप्तिमा भनिएको छ, ‘स्वतन्त्र फोरेन्सिक अनुसन्धान पछि, कम्पनीले अंकिती बोसलाई बर्खास्त गर्ने निर्णय गरेको छ ।

कम्पनीले उनी विरुद्ध थप कानुनी कारबाही गर्ने अधिकार सुरक्षित राख्छ ।’ यद्यपि, कम्पनीले बोस विरुद्धको आरोप र लेखापरीक्षणमा के फेला पर्यो भन्ने बारे कुनै विशेष विवरण दिएको छैन् । बोसले मार्च ३१ मा निलम्बन गरेपछि दुव्र्यवहारको आरोप लगाएकी थिइन् ।

अनुसन्धानपछि कम्पनीले उचित कारबाही गरेको प्रमाणित भएको कम्पनीले बताएको छ । विज्ञप्तिमा भनिएको छ, ‘मार्च ३१ को निलम्बन पछि, अप्रिल ११ मा, अंकिती बोसले पहिलो पटक बोर्डलाई विगतमा शोषणका केही घटनाहरूको बारेमा जानकारी गराइन् ।

लगानीकर्ता वा उनीहरूका मनोनयनकर्ताहरू विरुद्ध शोषणको कुनै गुनासो थिएन ।’ उक्त आरोपको छानबिन गर्न शीर्ष परामर्शदाता कम्पनी नियुक्त गरिएको कम्पनीले आफ्नो प्रतिवेदनमा उक्त आरोपमा कम्पनीले उचित कारबाही गरेको भनेको छ ।

सम्बन्धित खबरहरु