काठमाडौं । नेपालको चर्चित डान्सिङ रियालिटी शो ‘डान्सिङ स्टार्स नेपाल’ को दोस्रो सिजन चलिरहेको छ । शोको लोकप्रियता पनि निकै बढ्दैछ । मोडल सोनिका रोकाया र कोरियोग्राफर दिलीप ओखेडाको जोडीलाई दर्शकले मन पराएका हुन् । शुक्रबार साँझ ८ बजे हिमालय टेलिभिजनमा प्रसारण हुँदै आएको छ ।

सोनिका रोकायाको जोडीको नृत्यलाई दर्शक र निर्णायकहरुले मन पराएका छन् । दर्शकहरुले सोनिकाको नृत्यको प्रशंसा गर्दै सामाजिक सञ्जालमा प्रतिकृया समेत दिने गरेका छन् । डान्सिङ स्टार्स नेपालको भोटिङ पार्टनरमा खल्ती डिजिटल वालेट रहेको छ ।

प्रतियोगिता यही १२ चैतदेखि हिमालय टिभी एचडीमा हरेक शुक्रबार प्रशारण भइरहेको छ । आफूले मन पराएको जोडीलाई भोट गर्नका लागि खल्ती एप वा वेबसाइटमा गएर गर्न सक्नुहुन्छ । शोको निर्णायकमा दिलीप रायमाझी, रेनिशा राई र गौरी मल्ल रहनु भएको छ ।

सम्बन्धित खबरहरु