काठमाडौं । काठमाडौं महानगरपालिकामा स्वतन्त्र उम्मेदवार वालेन्द्र साह ३३,२६० मतका साथ अग्रस्थानमा हुनुहुन्छ । साहलाई पछ्याइरहनु भएका नेपाल कम्युनिष्ट पार्टी (एमाले)का केशव स्थापितले १७,६९२ मत ल्याउनु भएको छ । नेपाली कांग्रेसकी उम्मेदवार सिर्जना श्रेष्ठ १७५७९ मतका साथ स्थापितलाई पछ्याइरहनु भएको छ ।

उपप्रमुखतर्फ एमालेकी सुनिता डंगोल २६५७५ मत ल्याएर पहिलो स्थानमा हुनुहुन्छ भने नेपाल कम्युनिष्ट पार्टी (एकिकृत समाजवादी) रामेश्‍वर श्रेष्ठ ८५९१ मत ल्याएर पछ्याउँदै हुनुहुन्छ ।

काठमाडौं महानगरपालिका काठमाडौं जिल्लामा पर्दछ । यस महानगरपालिकामा कूल जनसंख्या ८,४५,७६७ रहेको छ भने कुल मतदाता संख्या ३,००,२४२ रहेको छ । जसमा १,४४,३६३ पुरुष र १,५५,८७८ महिला रहेका छन् । यस महानगरपालिकामा ३२ वडा छन् ।

सम्बन्धित खबरहरु