काठमाडौं । अष्ट्रेलियाका प्रधानमन्त्री स्कट मोरिसनले आफ्नो कन्जरभेटिभ दलको सरकारका लागि ‘कठिन रात’ भन्दै शनिबार भएको राष्ट्रिय निर्वाचनमा भएको पराजयलाई स्वीकार गर्नुभएको छ ।

मोरिसनले भन्नुभयो, “आज राती मैले प्रतिपक्षी नेता तथा भावी प्रधानमन्त्री एन्थोनी अल्बेनिजसँग कुरा गरेको छु र उहाँको चुनावी विजयको लागि मैले उहाँलाई बधाई दिएको छु ।”

चवन्न वर्षीय प्रधानमन्त्रीले नेताले निर्वाचनमा प्रमुख दललाई मतदाताको समर्थन नदेखिएको उल्लेख गर्नुभएको छ ।

उहाँले भन्नुभयो, “मेरो विचारमा हाम्रो राष्ट्रमा भइरहेको उथलपुथलबारे मलाई चिन्ता लागेको छ । हाम्रो राष्ट्रहितका लागि यो समस्या अन्त्य हुनु र राष्ट्रिय राजनीतिक गतिविधि अगाडि बढ्नु महत्वपूर्ण छ ।”

उहाँले भन्नुभयो, “हाम्रो गठबन्धनको बलियो नेतृत्वमा मलाई कुनै शङ्का छैन, अबको तीन वर्षपछि म गठबन्धन को सरकार फर्काउने प्रतीक्षामा छु ।”

सम्बन्धित खबरहरु