कैलाली । सुदूरपश्चिम प्रदेशको एक मात्र उपमहानगरपालिकामा धनगढीको प्रमुख र उपप्रमुख दुवै पदमा गठबन्धनका उम्मेदवारहरू पराजित भएका छन् ।
प्रमुखमा स्वतन्त्र उम्मेदवार बन्नुभएका गोपाल हमालले गठबन्धनका तर्फबाट उम्मेदवार भएका नृपबहादुर वडलाई पराजित गर्नुभयो । हमालले वडभन्दा १२ हजारभन्दा बढी मत प्राप्त गर्नुभयो ।
उपप्रमुखमा भने एमाले उम्मेदवार कन्दकला रानाले गठबन्धनको तर्फबाट उम्मेदवार बनेकी माओवादीकी शान्ति अधिकारीलाई पराजित गर्नुभयो ।
मतगणना सकिएको छ । आधिकारिक घोषणा केही समयपछि गरिने बताइएको छ ।