काठमाडौं । काठमाडौं महानगरपालिकामा गठबन्धन उम्मेदवारले सरप्राइज दिनु भएको छ ।

गठबन्धनको तर्फबाट नेपाली कांग्रेसकी सिर्जना सिंहले नेकपा एमाले उम्मेदवार केशव स्थापितलाई पछि पार्नुभएको हो ।

पछिल्लो जानकारी अनुसार स्थापित सिंहभन्दा ५०१ मतले पछि पार्नुभएको छ । सिंहले २२ हजार ७२ मत पाउँदा स्थापितले २१ हजार ५ सय ७१ मत प्राप्त गर्नुभएको छ ।

यता, स्वतन्त्र उम्मेदवार बालेन शाह भने धेरै मतान्तरका साथ अग्रस्थानमा हुनुहुन्छ ।

पछिल्लो मतपरिणाम अनुसार बालेनले ३९ हजार ६ मत पाउनुभयो । उहाँले दोस्रो स्थानमा रहनु भएकी नेपाली कांग्रेस उम्मेदवार सिर्जना सिंहलाई १६ हजार ९ सय ७४ मतले पछि पार्नुभएको छ ।

उपपमेयरमा नेपाल कम्युनिष्ट पार्टी (एमाले) का सुनिता डंगोलको २६५७५ आएको छ ।

नेपाल कम्युनिष्ट पार्टी (एकिकृत समाजवादी) का रामेश्‍वर श्रेष्ठको ८५९१ मत, राष्ट्रिय प्रजातन्त्र पार्टीका बिनिता मगैयाको ३६२३, स्वतन्त्र वेन्जीसिंह महर्जनको २१४२ मत स्वतन्त्र विद्या श्रेष्‍ठ (महर्जन) को १५७८ मत आएको छ ।

सम्बन्धित खबरहरु