काठमाडौं । मेरो नाम धेरै नलेउ तिम्रो श्रीमान रिसाउलान भनेर पूर्वप्रधानमन्त्री इमरान खानले दिएको बयानपछि पाकिस्तान मुस्लिम लिग–नवाज (पीएमएल–एन) मरियम नवाजले जवाफ फर्काउनु भएको छ ।

उहाँले इमरान खानको भनाइ सुनेर आफूलाई कुनै आश्चर्य नलागेको बताउनुभयो । इमरान खानले २० मे को एक र्‍यालीमा मरियम नवाजविरुद्ध यस्तो बयान दिनु भएको थियो ।

सो बयानको निकै आलोचना पनि भयो । इमरान खानले भन्नु भएको थियो, ‘कसैले मलाई सामाजिक सञ्जालमा भाषण पठायो, मरियमले हिजो कतै भाषण दिइरहेकी थिइन्, मैले सामाजिक सञ्जालमा पाएको भाषणमा उनले यति धेरै पटक मेरो नाम लिइरहेकी थिइन् कि म उनलाई भन्न चाहन्छु कि हेर ।

मरियम, अलिकति ध्यान गर, मेरो नाम लिँदा तिम्रो श्रीमान् रिसाउनु हुँदैन ?’ इमरान खानको यो टिप्पणीलाई लिएर मरियम नवाजले भन्नुभयो, ‘इमरानले ममाथि होइन, देशका छोरी, दिदीबहिनी र आमामाथि आक्रमण गरेका छन् ।’

इमरानमाथि हमला गर्दै मरियम नवाजले थप भन्नुभयो, ‘मसँग इमरान खानविरुद्ध यति धेरै राजनीतिक सामग्री छ कि मैले इमरान खानमाथि व्यक्तिगत आक्रमण गर्न आवश्यक छैन ।’

तर खान समर्थकले मरियमसहित पार्टीले खानकी पत्नी बुशरा बिबीलाई लिएर निच टिप्पणी गर्ने गरेको आरोप लगाइरहेका छन् ।

 

सम्बन्धित खबरहरु