काठमाडौं । इटहरीको उपमेयरमा हारेपछि नेकपा एकिकृत समाजवादीका उम्मेदवारका छोराले एमाले नेतालाई हातपात गरेका छन् ।

नेकपा (एमाले) का प्रदेश १ सदस्य हिमाल सुवेदीमाथि हातपात गरिएको हो ।

इटहरी उपमेयरमा पराजित केशव विष्टका छोरा कैलाश विष्टले हातपात गरेको जनाइएको छ ।

आइतबार बिहान विष्ट नेतृत्वको तीनजनाको समूहले सुवेदीलाई इटहरी संगीत चोक नजिकै हातपात गरेको हो ।

नेता सुवेदीको आँखामा चोट लागेको छ । सुवेदीलाई हातपात गर्नु भन्दा पहिले विष्टले धम्कीपूर्ण सन्देश पठाएको सुवेदीले बताउनुभयो ।

हातपातको विरोधमा एमालेले नाराबाजी गर्दै इटहरीको इलाका प्रहरी कार्यालय अगाडि सडकमा धर्ना दिएको छ ।

इटहरी प्रहरीलेले अहिलेसम्म कुटपिट गर्ने विष्ट नेतृत्वको समूहलाई पक्राउ गर्न सकेको छैन् ।

 

सम्बन्धित खबरहरु