काठमाडौं । एमालेको चुनावी समीक्षा बैठकमा कुटपिट भएको छ ।
चितवनको राप्ती नगरपालिकामा नेकपा एमालेको चुनावी समीक्षा बैठकमा नेताहरुबीच कुटपिट भएको हो ।
राप्ती नगरको पदाधिकारी बैठकमा नगर सचिव तारकेश्वर सिंहमाथि एमालेका मेयर पदका उम्मेदवार गोविन्द कँडेलका छोरा सरोज कँडेलले कुटपिट गरेका हुन् । पीडित पक्षले चितवन प्रहरीमा उजुरी दिएको छ ।
पार्टी बैठकमा एमाले उम्मेदवारहरुको पराजयको कारणबारे समीक्षा भइरहेको थियो । सोही अवस्थामा आफूमाथि कुटपिट भएको कुरा सिंहले जानकारी गराउनुभयो ।
शनिबार गोविन्द र सरोजविरूद्ध उजुरी दिएको पनि उहाँले बताउनुभया । छोरा सरोजले कुटपिट गरेको र बुबा गोविन्दले अपशब्द बोलेर गालीगलौज गरेको सिंहको आरोप छ ।