काठमाडौ । प्रधानमन्त्री शेरबहादुर देउवासँग संयुक्त राज्य अमेरिकाका नागरिक सुरक्षा, लोकतन्त्र र मानवअधिकार उपविदेशमन्त्री उज्रा जिया नेतृत्वको प्रतिनिधिमण्डलले शिष्टाचार भेटवार्ता गरेको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा आज भएको भेटवार्तामा उहाँहरुबीच नेपाल–अमेरिका सम्बन्ध र आपसी हितका विविध विषयमा छलफल भएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

प्रधानमन्त्री देउवाले अमेरिकी प्रतिनिधिमण्डललाई स्वागत गर्न पाउँदा खुसी लागेको उल्लेख गर्नुभएको छ ।

तिब्बत मामिलाका लागि अमेरिकी विशेष संयोजकसमेत रहनुभएका उहाँ तीन दिने नेपाल भ्रमणका क्रममा शुक्रबार यहाँ आइपुग्नुभएको हो ।

उहाँ आज नै अमेरिका फर्किने कार्यक्रम रहेको छ । नेपाल आउनुअघि अमेरिकी उपमन्त्री उज्रा जेया भारत भ्रमणमा आउँनुभएको थियो ।

भारतको हिमाञ्जल प्रदेश स्थित धर्मशालामा पुगेर उहाँले तिब्बती धर्म गुरु दलाई लामासँग भेट्नु गर्नुभयो। नेपाल आएरपनि नेपालको शरणार्थी शिविरमा रहेका तिब्बती शरणार्थीलाई भेट्नुभयो ।

सम्बन्धित खबरहरु