व्यास । व्यास नगरपालिकामा बुधबार साँझदेखि थालेको मतगणना हालसम्म जारी रहेको छ ।

कूल खसेको तीस हजार २४७ मतमध्ये चौबीस हजार १८७ मतगणना कार्य सम्पन्न भएको छ ।

शनिबार दिउँसोसम्म स्वतन्त्र उम्मेदवारले अग्रता कायम गर्दै आए पनि साँझदेखि नेपाली कांग्रेस अग्रस्थानमा रहेको छ ।

आज बिहानसम्मको मतपरिणाम अनुसार कांग्रेसका बैकुण्ठ न्यौपानेले नौ हजार ८२२ र स्वतन्त्र उम्मेदवार दीपकराज जोशीले नौ हजार ६०६ मत पाउनुभएको छ । कांग्रेस २१७ मतले अग्रस्थानमा रहेको छ ।

त्यसैगरी उपप्रमुखमा कांग्रेसका इन्दिरा दरैले दश हजार ९१३ र एमालेकी बसुन्धरा घर्ती आठ हजार ३०७ मत पाउनुभएको छ ।

दरै दुई हजार ६०६ मतले अग्रस्थानमा हुनुहुन्छ । व्यासमा चौध वडा रहेका छन् ।

अब कूल छ हजार ६० मतगणना गर्न बाँकी छ । सोमबार बिहानसम्म सबै नतिजा सार्वजनिक गर्ने लक्ष्य राखिएको जिल्ला निर्वाचन कार्यालयका प्रमुख हरिप्रसाद ढकालले जानकारी दिनुभयो ।

विजय ¥याली
तनहुँको व्यास नगरपालिका–९ को वडाध्यक्षमा नेपाली कांग्रेसका सुरेश थापा विजयी हुनुभएको छ । आइतबार सदरमुकाम दमौली बजारमा विजयी ¥याली निकालिएको छ । तस्बिरः सानेबहादुर नेपाली/रासस

सम्बन्धित खबरहरु